फोनिज युकेको त्रैमासिक बैठक सम्पन्न

SHARE:

लन्डन ७ मे २०२२। फोनिज युकेको त्रैमासिक बैठक जूममार्फत सम्पन्न भएको छ। बैठकमा पुर्ब अध्यक्ष प्रमिला लाबुङ राईलाई सल्लाहकारमा चयन गरेको छ। बैठकले आगामी जुन २६ तारिक आइतबारको दिन सल्लाहकार नरेश खपाङीद्वारा पत्रकारिता तालिम दिइने बैठकले निर्णय गरेको छ। बिगतका बर्षहरुमाझै यस पटक पनि जर्नल पुस्तक प्रकासनमा ल्याउने भएको छ। जर्नल प्रकाशनको प्रमुख संयोजकमा सल्लाहकार मेजर सोनम सेर्पाज्यु र सहसंयोजकहरुमा सल्लाहकार नरेश खपाङ्गी र उपाध्यक्ष बम सूर्यवंशीलाई छनोट गरेको छ। फोनिज युकेले प्रत्येक बर्ष पत्रकारिता पुरुषकार बितरण गर्ने निर्णय गरेको छ।

गोमा रानाको अध्यक्षतामा सम्पन्न बैठक उपाध्यक्ष सुर्यवंशी मगरले स्वागत मन्तब्य राख्नु भएको थियो भने सचिब लिला सेलिङ माबोले बैठक संचालन गरेका थिए ।बैठकमा सल्लाहकारहरु ज्ञाम गुरुङ, दुत पुन, बिस्वासदिप तिगेला, बिमला सेने, नरेश खपाङ्गी मगर, जमुना पुन, मिलन तमु लगायत लिम्बु पत्रकार सङघ युकेका अध्यक्ष अमित थेबे याक्थुङ्बा को उप्स्थिती रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!