बेलायतले युक्रेनलाई थप १.६ बिलियन अमेरिकी डलर सहायता दिने

SHARE:

लण्डन मे ८ ।

बेलायती अर्थमन्त्री ऋषि सुनकले कीभका लागि १.३ बिलियन पाउण्ड १.६ बिलियन अमेरिकी डलरको अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको जानकारी दिएको द सन्डे टाइम्सले उल्लेख गरेको छ ।

यो रकम ट्रेजरीको आपतकालीन कोषबाट लिइनेछ र युक्रेनलाई बेलायतको विद्यमान १.५ बिलियन पाउन्ड सहयोगको अतिरिक्त प्रदान गरिने जनाइएको छ । बेलायतका रक्षामन्त्री बेन वालेस र विदेशमन्त्री लिज ट्रसको दबाबपछि सुनकले थप सहायताको पुष्टि गरेको, द सन्डे टाइम्सले जनाएको छ । डोनेट्स्क र लुहान्स्क जनवादी गणतन्त्र डीपीआर र एलपीआरले युक्रेनी उत्तेजनाहरू विरुद्ध आफ्नो रक्षा गर्न मद्दतको लागि अपील गरेपछि रुसले गत फेब्रुअरी २४ मा युक्रेनमा आफ्नो विशेष सैन्य अपरेशन शुरु गरेको हो ।

रुसले आफ्नो विशेष अपरेशनको उद्देश्य युक्रेनलाई निशस्त्रीकरण गर्नु रहेको बताएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार डोनबासका जनतालाई जोगाउने लक्ष्य रहेको छ, जो आठ वर्षदेखि कीभ शासनद्वारा दुर्व्यवहार र नरसंहारको शिकार भएका छन् । रुसको कारवाहीको जवाफमा पश्चिमी देशहरूले मस्को विरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन् र युक्रेनलाई हतियार आपूर्ति गरिरहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!