श्रीलंकामा देशव्यापी रूपमा कर्फ्यू घोषणा

SHARE:

एजेन्सी १० मे ।

श्रीलंकामा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी रूपमा कर्फ्यू घोषणा गरेको छ ।

सरकारका विरुद्धमा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी रूपमा कर्फ्यूको घोषणा गरेको हो । सोमबार रातिदेखि मंगलबारसम्म लगाइएको कर्फ्यू आदेश बुधबारसम्मलाई थप गरिएको श्रीलंकाली सरकारले जनाएको छ ।

श्रीलंकामा केही दिनयता देखि सुरु भएको आर्थिक संकटको अवस्था झनै गहिरिएको छ । यहाँको आर्थिक संकटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले राजीनामा दिएका छन् । प्रधानमन्त्री महिन्दा राजपाक्षेले हिजो मात्र आफ्नो पदबाट राजीनामा दिएका थिए ।

प्रदर्शनकारीहरूमध्ये धेरैले प्रधानमन्त्री राजपाक्षेलाई पदबाट राजीनामा नदिनु भनेर प्रदर्शन गरेका बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!