निर्वाचनमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्री देउवाको अपिल

SHARE:

काठमाडौं मे १२ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण देशवासीलाई हार्दिक अपिल गरेका छन् ।

धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नो निजी निवासबाट आज एक अपिल जारी गर्दे प्रधानमन्त्री देउवाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापनलाई चुस्तदुरुस्त बनाएको बताए । “बालिग मताधिकार तपाईं हाम्रो संवैधानिक अधिकार र लोकतन्त्रको आधारस्तम्भ हो, स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भई लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकासमा योगदान पु¥याउन म सबैमा आग्रह गर्दछु”, प्रधानमन्त्री देउवाले अपिलमा भनेका छन् ।

प्रधानमन्त्री देउवाले डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–१ स्थित मतदान केन्द्रवाट मतदान गर्नेछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!