स्वीडेन र फिनल्याण्डसँग सुरक्षा सम्झौता गर्न बेलायत सहमत

SHARE:

लण्डन मे १२ ।

बेलायतले स्वीडेन र फिनल्याण्डसँग पारस्पारिक सुरक्षा सम्झौता गर्न सहमति जनाएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नेटोमा सामेल हुने बहसकाबीच सम्झौतामा हस्ताक्षर गर्न दुवै देशको भ्रमण गरेका हुन् । सहमतिसँगै ती देशहरुमा आक्रमण भए उनीहरुले सहयोग गर्ने छन् । फिनल्याण्ड र स्वीडेनले संकटमा बेलायतलाई सहयोग गर्न पनि सम्झौतामा उल्लेख रहेको बीबीसीले जनाएको छ ।

नाटाको सस्दस्यता लिने वा नलिने भन्ने बारेमा फिनल्याण्डले निर्णय नलिएको अवस्थामा बेलायतसँग भएको सम्झौतालाई महत्वका साथ हेरिएको छ। सम्झौतालगत्तै भएको पत्रकार सम्मेलनमा बेलायतका प्रधानमन्त्री जोनसनले सैन्य सहायता प्रस्ताव गरेपनि स्वीडेन र फिनल्याण्डको अनुरोधमा निर्भर हुने बताए ।

यता फिनल्याण्डको सम्भावित सदस्यताका लागि नाटोको खुला नीतिलाई बेलायतको बलियो समर्थन रहेको बताइएको छ । तर फिनल्याण्डले भने नाटोमा सामेल हुँदा कसैको विरुद्धमा आफ्ना गतिविधिहरु नहुने स्पष्ट पारेको छ । बेलायतले भने रुसको व्यवहारमा फिनल्याण्ड र स्वीडेनले नाटोको सदस्यता लिने वा नलिने भन्ने टुंगो लाग्ने बताउदै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!