बिसीसी युकेले अल्डरसटमा २५६६ औं बुद्ध जयन्ती मनाउदै

SHARE:

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले विविध कार्यक्रमकासाथ भगवान गौतम बुद्धको २५६६ औं बुद्ध जयन्ती मनाउने भएको छ । आउँदो सोमबार १६ मे का दिन बिसीसी युकेको अल्डरसटस्थित गुम्बामा मनाउन लागिएको हो । बुद्ध जयन्तीको दिन विशेष गरी बुद्ध तिर्थस्थल र गुम्बाहरुमा भिक्षु–भिक्षुणी तथा श्रद्धालु भक्तजनहरुले श्रद्धा र भक्तीभाव प्रकट गर्ने गर्दछन् । यही अवसरमा बिसीसी युकेले पनि आफ्नो स्थापना कालदेखिनै प्रत्येक बर्ष बुद्ध जयन्ती मनाउदै आएका छन् ।

यसरी प्रत्येक बर्ष बुद्ध जयन्ती मनाउदै आउने क्रममा सन् २०२० सालमा कोभिड–१९ का कारण मनाउन पाएनन् भने सन् २०२१ अर्थात् गत बर्ष हिज होलिनेश रब्जम रिन्पोछे र बेलायतका लागि नेपाली राजदूत लोक दर्शन रेग्मीको बिशेष उपस्थितिमा भर्चुयली मनाएका थिए । तर, अहिले भने कोभिड–१९ सामान्य हुदै आएकोले यसबर्ष गुम्बा परिसर भित्र मनाउने निर्णयानुसार विविध कार्यक्रमका साथ बुद्ध जयन्ती मनाउन लागिएको बिसीसी युकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक आङ्ग दावा (च्यावा) शेर्पाले जानकारी गराए ।

साथै, उनले, “लुम्बिनीका शाक्य वंशीय राजा शुद्धोधन र रानी मायादेवीको पुत्रका रुपमा वैशाख शुक्ल पूर्णिमाका दिन जन्मिएका राजकुमार सिद्धार्थले भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन ज्ञान प्राप्त गरेको र वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा महापरिनिर्वाण भएको हो । सिद्धार्थ गौतमको ३ वटा महान शुभकार्य वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले बुद्ध जयन्तीको दिनलाई बुद्धको जीवनको अपूर्व संयोगका रुपमा पनि लिइन्छ । प्रत्येक बर्ष बुद्ध जयन्तीको दिन थोरै मात्रै भए पनि बुद्धको शिक्षा र उपदेश अनुसरण गरौं” । भन्दै सबै भक्तजनहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गरेका छन् ।

दुई चरणमा सम्पन्न हुन लागेको उक्त बुद्ध जयन्तीको बिहान ८.३० देखी १० बजे सम्म पहिलो चरणमा भर्चुयली (जूम) मार्फत भुटानका श्रद्धेय गुरु झोन्सार खेन्चे रिन्पोछेले बौद्ध धर्म सम्बन्धी प्रवचन दिनेछन् । उक्त प्रवचनमा सहभागी हुन चाहनेहरुले जूममार्फत सहभागी हुन सक्ने बताइएको छ । त्यस्तै, बिसीसी युकेको फेसबुक पेजबाट समेत फेसबुक लाईभ हुने बिसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले जानकारी दिए ।
औपचारिक कार्यक्रमकासाथ बिहान १०.३० बजे देखि शुरु हुने उक्त कार्यक्रमको दोस्रो चरणमा बेलायतका लागि नेपाली राजदूत ज्ञान चन्द्र आचार्य, उपनियोग प्रमुख रोशन खनाल, ब्रिटिश आर्मीका जनरल मोगन, लण्डन बरो अफ हन्स्लोका मेयर बिष्णु गुरुङ, तमु धिं युकेका अध्यक्ष हित काजी गुरुङ, गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहामगर, मगर संघ युके, गे्रटर रसमुर नेपाली कम्युनिटी जीआरएनसीलगायत नेपाली संघसस्थाका प्रतिनिधिहरु, स्थानीय काउन्सिलका पदाधिकारी लगायत भक्तजनहरुको बिशेष सहभागिता रहने बिसीसी युकेका महासचिव क्याप्टेन देब घलेले जानकारी दिए ।

त्यस्तै, उक्त कार्यक्रमको दोस्रो चरणमा बिसीसी युकेका खेन्पो गुरु कुन्ख्यापले बौद्ध धर्म बारे प्रवचन दिनेछन् भने कार्यक्रममा आयू पूजा गर्दै सबै सहभागीहरुलाई आयुको अभिषेक (वाङ्ग) दिनेछन् । उक्त पुजामा बिसीसी युकेका लोपेन नर्बुलगायत सहयोगी लामा, कार्यसमिति, आमा समूह लगायतको पुजामा बिशेष सहयोग रहने महासचिव क्याप्टेन देब घलेले थपे ।
धार्मिक पुजापाठ, प्रवचन, दीप प्रज्ज्वलन सहित आयोजना गर्न लागिएको २५६६ औं बुद्ध जयन्तीमा सहभागी हुन बिसीसी युकेले सबै भक्तजनहरुमा अनुरोध गरेका छन् । साथै, उक्त दिन निःशुल्क चियापान र भोजनको समेत गरिएको र सो कार्यक्रमका लागि चियापानी, दीप प्रज्ज्वन र भोजन दान गर्न इच्छुक महानुभावहरुले बिसीसी युकेमा सम्पर्क गर्न समेत उपाध्यक्ष एवं कार्यक्रम संयोजन आङ्ग दावा शेर्पाले अनुरोध गरेका छन् ।

बिसीसी युके बेलायतमा बसोबास गर्ने नेपालीहरुले आफ्नो धर्म, कला, संस्कार तथा संस्कृति संरक्षण तथा सम्वद्र्धन गर्दै मानवीय सेवामा आवद्ध हुने र बौद्ध शिक्षा अध्ययन तथा अध्यापन गराउने उद्देश्यका साथ सन् २००७ सालमा स्थापना भएको संस्था हो । इण्ल्याण्ड तथा वेल्सको च्यारिटी कमिशनमा समेत दर्ता रहेको यस संस्थाले आफ्नो धर्म र संस्कृतिलाई जोगाउदै थुप्रै च्यारिटीमूलक कार्यहरु गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!