बेलायत स्थित नेपाली दूतावासले एक महिनामै इ-पासपोर्ट उपलब्ध गराउँदै

SHARE:

लण्डन मे १३ ।

बेलायतको लण्डनस्थित नेपाली राजदूतावासले एक महिना भित्रै विद्युतीय राहदानी इ पासपोर्ट उपलब्ध गराउन थालेको छ ।

गत ३ मार्चदेखि शुरु गरेको विद्युतीय राहदानी इ पासपोर्ट लिन सेवाग्राहीलाई लामो समय कुर्नु पर्ने बाध्यतालाई घटाउदै एक महिना भित्र उपलब्ध गराउन थालेहो हो । हस्तलिखित पासपोर्ट र मेशिन रिडेबल पासपोर्टएमआरपीलाई रिप्लेस गरि लण्डनस्थित द्रुत गतिमा सेवाग्राहीलाई सेवा दिइरहेको दुतावासका प्रवक्ता रोशन खनालले बताइन् । उनकाअनुसार दुतावासले अनलाइन मार्फत फारम रुजु गरेर सिधै परराष्ट्र मन्त्रालय राहदानी विभागको सिस्टममा आवेदन जाने भएकाले काम सजिलो र छिटो हुन्छ ।

दैनिक करीव दुईदेखि तीन दर्जनसम्म आवेदन आइरहेको जानकारी उनले दिइन् । विद्युतीय राहदानी ३४ र ६६ पृष्ठका हुन्छन् भने दस्तुर ३४ पेजका लागि एमआरपीकै सरह ११० पाउण्ड तोकिएको छ । मेसिन रिडेबल पासपोर्ट एमआरपीको अवधि रहेसम्म त्यही प्रयोग गर्न मिल्ने भएकाले इ पासपोर्टका लागि हतारिएरआवेदन नगर्न दुतावासले अनुरोध गरेको छ । नेपालमा गत नोभेम्बर तेश्रो सातादेखि नै विद्युतीय राहदानी वितरण गर्न थालिएको थियो ।

विद्युतीय राहदानी एमआरपीभन्दा विश्वव्यापी रुपमा थप गुणस्तरिय, भरपर्दो, सुरक्षित र अन्तर्राष्ट्रियस्तरमा बढी प्रयोगमा आइरहेको राहदानी मानिन्छ । इ–पासपोर्टको डेटापेज पोलिकार्वोनेट, चिप्समा बायोग्राफिक डेटा र विभिन्न सुरक्षा विशेषता संग्रहित हुन्छ । विद्युतीय राहदानीमा विद्युतीय चिप र एन्टेना समेत जडान गरिएको हुन्छ । चिपमा औंठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरण हुन्छन् । यी विवरणहरु राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैन् । यो हालसम्म संसारमा विभिन्न मुलुकमा जारी भएको अत्याधुनिक राहदानी मध्येमा पर्दछ ।

आइकाओ पिकेडीमार्फत सूचनाहरु रुजु हुने हुँदा यो राहदानी विभिन्न मुलुकका अध्यागमन कार्यालयहरुमा निकै सहज र छिटो हुने विश्वास परराष्ट्र मन्त्रालय राहदानी विभागको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले गत नोभेम्बर तेश्रो साता संस्कृतिविद् सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गरेर यसको उद्घाटन गरेका थिए । विदेशस्थित नेपाली नियोगबाट विद्युतीय राहदानी जारी भैरहेको छ ।

११ वर्षअघिसम्म हस्तलिखित राहदानी प्रयोग गर्ने नेपाल त्यसपछि एमआरपी हुँदै अब इ–पासपोर्ट प्रयोग गर्ने देशमा रुपान्तरण भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!