स्याङ्जा मे १३ ।

स्याङ्जामा भएको जिप दुर्घटनामा १४ जनाको मृत्यु भएको छ।
स्याङ्जाको वालिङ नगरपालिका १४ मा भएको जिप दुर्घटनामा १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी रवीन्द्र खनालले बताए ।शुक्रबार बिहान करिब १० बजेर २० मिनेटमा स्याङजा वालिङ नगरपालिका १४ पञ्चमुल अर्खलबासस्थित भित्री सडकखण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जीप अनियन्त्रित भइ सडकबाट खसेको प्रहरीले जनाएको छ।
जीपमा सवार मध्ये १४ जनाको मृत्यु भएको, १२ जना घाइते भएको डिएसपी खनालले बताए। मृत्यु हुनेमा स्याङजा वालिङ नगरपालिका १४ पञ्चमुल अर्खलबास बस्ने ६३ वर्षीय माया पुन, ९ वर्षीय प्रवीण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीय डेमकुमारी कुँवर, ८६ वर्षीय हरिकला कुँवर, ५० वर्षीय टेककला कुँवर, २५ वर्षीय जमुना कुँवर, ७० वर्षीय भीमकला कुँवर रहेका छन् ।
यस्तै सोही ठाउँका ७० वर्षीय मुवा कुमारी कुँवर, ४३ वर्षीय पोटकुमारी कुँवर,४३ वर्षीय जानुका कुँवर, ४२ वर्षीय ज्ञान दली कुँवर, ५० वर्षीय मीना कुँवर र फुलदेवी कुँवरको ज्यान गएको छ ।






