पुटिनकी पूर्व पत्नी सहित १२ जनालाई बेलायतमा प्रतिबन्ध

SHARE:

लण्डन मे १३ ।

बेलायतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको वित्तीय सञ्जाललाई नियन्त्रण गर्न भन्दै पुटिनका निकटस्थहरुमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार प्रतिबन्धको निशानामा पुटिनकी पूर्व पत्नी तथा अरु आफन्तहरू छन् । बेलायतले पुटिनका १२ जना निकटस्थहरुमाथि प्रतिबन्धको घोषणा गरेको रोयटर्सले जनाएको छ । प्रतिबन्धमा पर्नेमा पुटिनकी पूर्व श्रीमती लुदमिला ओचेरेत्नाया र उनका केही आफन्तहरू रहेको बताइएको छ । प्रतिबन्धको सूचीमा रहेकामध्ये केही रुसी ग्यास कम्पनी गाजप्रोमको कार्यकारी पदमा रहेको बताइएको छ ।

प्रतिबन्ध अन्तर्गत उनीहरुमाथि यात्रा प्रतिबन्ध लगाइने तथा उनीहरुको सम्पत्ति रोक्का गरिने रोयटर्सले जनाएको छ । बेलायती विदेशमन्त्री लिज ट्रसले विज्ञप्ति जारी गर्दै पुटिनको आलिसान जीवनशैलीलाई उकास्ने उनको निकटस्थ वित्तीय सञ्जाललाई निशाना बनाइएको बताइन् । ‘हामी पुटिनको विलासी जीवनशैलीलाई उकास्ने शंकास्पद सञ्जाल तथा उनको निकट वृत्तमा कायम पापको खुलासा गरी नियन्त्रण गरिरहेका छौँ ।’ ट्रसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘युक्रेनले जित्नुअघि हामी पुटिनको आक्रमणलाई सहयोग गर्ने र सहभागिता जनाउनेमाथि प्रतिबन्ध लगाउन जारी राख्नेछौँ ।’

अन्य पश्चिमा मुलुकहरुजस्तै बेलायतले पनि युक्रेनमाथि आक्रमण गर्ने रुसी कदमको दण्डस्वरु रुसका महत्वपूर्ण एवम् धनाढ्य तथा रणनीतिक रुपमा महत्वपूर्ण उद्योगहरुमाथि प्रतिबन्धको घोषणा गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!