नेपालमा स्थानीय तह निर्वाचनः ८५ केन्द्रमा स्थगन

SHARE:

काठमाडौं मे १४ ।

यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ८५ पुगेको छ ।

निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा आज साँझसम्म प्राप्त विवरणानुसार लुम्बिनी प्रदेशबाहेक छ वटा प्रदेशका १७ जिल्लाका ४४ मतदानस्थलका गरी ८५ केन्द्रमा मतदान स्थगन भएको हो । तीमध्ये कतिपयमा पुनः निर्वाचनको मिति तोकिएको छ भने अन्यमा निर्णय भइसकेको छैन ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पुनः निर्वाचनको मिति तय गर्नुपूर्व स्थगन हुने कारण विश्लेषण, निर्वाचन सामग्रीको भण्डारण, सुरक्षा स्थितिको आङ्कलन गर्न भनिएको बताए । कतिपय मतदानस्थलमा देखिएको विवाद मिलाउन आयोगबाट टोली पनि जाने भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!