गठबन्धनले चुनावमा धाँधली गरेको एमालेको आरोप

SHARE:

काठमाडौं मे १५ ।

पालिका चुनावमा सत्ता गठबन्धनले धाँधली गरेको नेकपा एमालेले आरोप लगाएको छ ।

एमालेका महासचिव शंकर पोखरेलले आज आइतवार विज्ञप्ति निकालेर स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने चुनावलाई सत्ताधारी गठबन्धनले जसरी पनि जित्न धाँधलीका सहारा लिएको आरोप लगाएका छन् । निर्वाचन आयोगलाई अचारसंहितामा भएको त्रुटि सच्याउन अनुरोध गर्दा अनेक टिप्पणी गर्ने सत्ता गठबन्धन दलका नेताहरूका निरन्तर आचारसंहिता विपरीत कार्यप्रति नेकपा एमालेले खेद व्यक्त गरेको छ ।

चुनावको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र एमालेको विपक्षमा परिचालित भएको एमालेको आरोप छ । एमालेका मतदाता र उम्मेदवारलाई हत्या र गिरफ्तार गर्ने, सत्ता गठबन्धनबाट हाकाहाकी पैसा बाँड्ने काम हुँदा समेत रोक्न प्रयास नगर्ने, बुथ कब्जा गर्ने तथा मतगणनाको क्रममा पनि गठबन्धनलाई फाइदा हुने गरी बदर मतलाई सदर गरेको, एमालेका प्रतिनिधि नै नराखेको लगायतका आरोप विज्ञप्तिमा उल्लेख छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!