थप सात जनामा सङ्क्रमण पुष्टि

SHARE:

देशभर पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सो अवधिमा दुई हजार १८८ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ९२ जनाले पिसिआर र ९६ जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा १५ जना सङ्क्रमणमुक्त भएका छन् ।

यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ९०४ पुगेको छ । योे दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ६९२ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १४२ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेशनमा १४२ जना सङ्क्रमित रहेका छन् ।

हाल देशभरमा २०० बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरू कुनै पनि छैनन् ।

शून्य सङ्क्रमित रहेका जिल्लामा ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, पर्सा, सप्तरी, रौतहट, दोलखा, भक्तपुर, धादिङ्ग, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ, कास्की, रुकुम पूर्व, कपिलवस्तु, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालीकोट, मुगु, बाजुरा, दार्चुला, बझाङ र डडेलधुरा रहेका छन् ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ३५, ललितपुर १२ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!