काठमाडौं महानगर बालेन्द्रकै अग्रता कायम

SHARE:

काठमाडौं १६ मे २०२२ । काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारले नै अग्रता कायमै राखेका छन् । सोमबार बेलुकी प्राप्त मतपरिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६ हजार ३९८ मत प्राप्त गरी आफ्नो अग्रता कायम राख्नुभएको हो ।

त्यसैगरी प्रमुख पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले तीन हजार ३४७ र नेपाली कांग्रेसका सिर्जना सिंहले दुई हजार ९६७ मत प्राप्त गर्नुभएको काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिनुभयो ।

एमालेको तर्फबाट उपप्रमुख पदका उम्मेदवार सुनिता डङ्गोलले ६ हजार ५५७, उपप्रमुखकै लागि नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले एक हजार ८५५ मत प्राप्त गर्नुभएको छ । हाल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा ६ स्थानबाट कामपाको मत गणना कार्य भइरहेको छ । अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मत गणना कार्य जारी छ ।

वडा नम्बर १ र २ को मत परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ । परिणामअनुसार वडा १ मा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ अध्यक्ष पदमा विजय हुनुभएको छ । त्यसैगरी वडा २ मा एमालेको तर्फबाट राजेन्द्रकुमार श्रेष्ठ विजय हुनुभएको छ । हाल कामपामा १८ हजार ८०८ मतणाना भइसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!