
काठमाडौं १७ मे २०२२ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । मंगलबार अपराह्न पौने ४ बजेसम्ममा ३२३ पालिकाको नतिजा आएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म निर्विरोध निर्वाचितसमेत गरी नेपाली कांग्रेसले १४२, नेकपा एमालेले ९५, नेकपा माओवादी केन्द्रले ७१, नेकपा एकीकृत समाजवादीले ४, जनता समाजवादी पार्टीले २ र अन्यले ८ स्थानमा जितेका छन् ।
सोही अवधिको परिणामअनुसार कांग्रेसले १६४ स्थानमा अग्रता लिएको छ भने एमालेले ९५ स्थानमा अग्रता लिएको छ । त्यस्तै, माओवादी केन्द्रले ४८, नेकपा एकीकृत समाजवादीले १६ र जसपाले ३० स्थान तथा लोकतान्त्रिक समाजवादीले ११ स्थान अग्रता बनाएका छन् । अन्य २४ ठाउँमा अगाडि छन् ।
उपप्रमुख/उपाध्यक्ष तर्फ कांग्रेसले १४३, एमाले ९३, माओवादी ६५, एकीकृत समाजवादीले १० स्थानमा जितेका छन् । यस्तै जसपा ४ र अन्य ५ स्थानमा अगाडि रहेका छन् ।






