बिसीसी युकेले धार्मिक पूजापाठका साथ २५६६ औं बुद्ध जयन्ती मनायो

SHARE:


लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले धार्मिक पुजापाठ, प्रवचन, दीप प्रज्ज्वलन सहित भगवान गौतम बुद्धको २५६६ औं बुद्ध जयन्ती मनाएको छ । गत सोमबार १६ मे का दिन बिसीसी युकेको अल्डरसटस्थित गुम्बामा मनाइएको हो ।उक्त कार्यक्रमको पहिलो चरणमा भुटानका श्रद्धेय गुरु झोन्सार खेन्चे रिन्पोछेले जूममार्फत बौद्ध धर्म सम्बन्धी प्रवचन दिएका थिए । उक्त प्रवचनमा बिसीसी युके भक्तजनहरु गुम्बामा उपस्थित संगसंगै जूममार्फत समेत सहभागी भएका थिए । खेन्चे रिन्पोछेको दिएको प्रवचनलाई बिसीसी युकेका खेन रिन्पोछे कुन्ख्याप गुरुले नेपालीमा अनुवाद गरेका थिए भने जूम प्रविधि संचालनमा बिसीसी युकेका उपाध्यक्ष रोबिन गुरुङले बिशेष भूमिका खेलेका थिए ।

बिहान १०.३० बजे औपचारिक कार्यक्रम शुरु भएको उक्त कार्यक्रममा बिसीसी युकेका खेन रिन्पोछे कुन्ख्यापका गुरुहरुले बुद्ध शाक्यमुनीको बाह्र लीलाको प्रार्थना, आयु, गणचक्र, महाकाला र मंगल पाठ गरेका थिए । त्यस्तै, सो अवसरमा गुम्बा परिसर भित्र बुद्धिष्ट च्याप्लेन ब्रिटिश आर्म फोर्सेजको लुंदा अर्थात् झण्डा अनावरण गरिएको थियो ।

त्यस्तै, बिसीसी युकेका खेन रिन्पोछे कुन्ख्याप गुरुले बुद्धको जीवनी कथा बारे प्रवचन दिएका थिए भने बिसीसी युकेका लोपेन नोर्बुले बुद्धिजम र मेडिटेशनबारे जानकारी गराएका थिए ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञान चन्द्र आचार्यले गौतम बुद्ध नेपालको लुम्बिनी जन्मेर शान्ति, करुणा, दया, मानवताबारे दिएको सन्देश अहिले पनि त्यतिकै मार्गदर्शक भएको बताउदै बुद्ध पूर्णिमाको शुभकामना दिए । त्यस्तै, स्थानीय पूर्व एमपी क्रिष्ट रुन, बुद्धिष्ट च्याप्लेन ब्रिटिश आर्म फोर्सेजका डा.सुनिल करियाकरवानाले समेत शुभकामना मन्तब्य दिएका थिए ।

सो अवसरमा नेपाली राजदूतावास लण्डनकी उपनियोग प्रमुख रोशन खनाल, स्थानीय नेपाली मूलका काउन्सिलरहरु जीव बेल्वासे, नेम थापा, गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहामगर, तमु धिं युकेका अध्यक्ष हित काजी गुरुङलगायत समेतको उपस्थिति रहेको थियो ।

त्यस्तै, कार्यक्रममा बुद्ध फाउन्डेशन युकेका अध्यक्ष दीपक श्रेष्ठ, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष पूर्व डिएसपी बाचस्पति रेग्मी, गे्रटर रसमुर नेपाली कम्युनिटी कम्युनिटी (जीआरएनसी) का अध्यक्ष मान गुरुङ, थकाली समाज युकेका अध्यक्ष एवं बिसीसी युकेका ट्रष्टीज बोर्ड मेजर खिम गौचन, मगर संघ युकेका निवर्तमान अध्यक्ष ले.रि.सुनिल राना, तामाङ्ग सोसाईटी अफ युकेका अध्यक्ष ज्ञान तामाङ्ग, नेपाली आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) युके अध्यक्ष गोमा राना लगायत विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिलगायत भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।

बिसीसी युके आमा अध्यक्ष उर्मिला गुरुङ लगायतका आमाहरुले मण्डला प्रस्ताव तथा पाहुनाहरु स्वागत तथा सत्कार, तामाङ्ग सोसाईटी अफ युकेले चियापान, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङले ट्रष्टीजहरुको प्रमाणपत्र वितरणको संयोजन गरेकाथिए । त्यस्तै, बिसीसी युके अध्यक्ष र कुन्ख्याप गुरुले बिसीसी युकेको ट्रष्टीज सदस्यता लिएका ट्रष्टीजहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

बिसीसी युके लण्डन शाखाका पदाधिकारी एवं आमाहरुको समेत बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा बिसीसी युकेका उपाध्यक्ष हर्क गुरुङले लामो समयदेखि बिसीसी युकेको प्रोजेक्ट कोर्डिनेटरको भूमिका रहेर संस्थालाई दिएको योगदानलाई कदर गर्दै प्रसंशा पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा बिसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले धर्म गुरु, भक्तजन, विभिन्न संघसंस्थाबाट आएका अध्यक्ष एवं प्रतिनिधि, भोजनदान, बत्ती र जलपानमा आर्थिक तथा जिन्सी सहयोग गर्ने सहयोगदातालगायत सबै सहभागीलाई धन्यवाद दिएका थिए । त्यस्तै, उनले कार्यक्रम सम्पन्न गर्नका लागि महत्वपूर्ण योगदान दिएका बिसीसी युकेका कार्यसमितिका पदाधिकारी एवं सदस्य, आमा प्रमुख, सल्लाहकार, ट्रष्टीज, आजीवन सदस्यलगायत सबैलाई धन्यवाद दिए । कार्यक्रमको अन्त्यमा बिसीसी युकेका खेन्पो गुरु कुन्ख्यापले भक्तजनहरुलाई आयुको अभिषेक (वाङ्ग) दिएका थिए ।

बिसीसी युकेका अध्यक्ष धर्म तामाङ्गको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा शेर्पा एशोसिएशन युकेका अध्यक्ष समेत रहेका बिसीसी युकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक आङ्गदावा (च्यावा) शेर्पाले स्वागत मन्तब्य, मिडिया सेक्रेटरी एसके गुरुङले मिडिया संयोजन गरेको कार्यक्रमलाई महासचिव क्याप्टेन देब घलेले हेल्थ एण्ड सेफ्टीबारे जानकारी गराउँदै संचालन गरेका थिए ।

बिसीसी युके बेलायतमा बसोबास गर्ने नेपालीहरुले आफ्नो धर्म, कला, संस्कार तथा संस्कृति संरक्षण तथा सम्वद्र्धन गर्दै मानवीय सेवामा आवद्ध हुने र बौद्ध शिक्षा अध्ययन तथा अध्यापन गराउने उद्देश्यका साथ सन् २००७ सालमा स्थापना भएको संस्था हो । इण्ल्याण्ड तथा वेल्सको च्यारिटी कमिशनमा समेत दर्ता रहेको यस संस्थाले आफ्नो धर्म र संस्कृतिलाई जोगाउदै थुप्रै च्यारिटीमूलक कार्यहरु गर्दै आएको छ । हालसम्म ले.रि. काजी शेर्पा, ले.रि. नारायण प्रसाद गुरुङ बिईएम र नरेश गुरुङले अध्यक्षता गरिसकेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!