बागलुङका दुई पालिकामा जनमोर्चाको जित

SHARE:

राष्ट्रिय जनमोर्चा (राजमो) यहाँका दुई स्थानीय तहमा विजयी बनेको छ ।

गठबन्धनबाट उम्मेदवार बन्नुभएका राजमोका नरबहादुर पुन जैमिनी नगरपालिकाको प्रमुख र कृष्णप्रसाद शर्मा बरेङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

विसं २०७४ को स्थानीय तह चुनावमा कांग्रेसका उम्मेदवारसँग पराजित हुनुभएका पुन यो पटकको चुनावमा नेकपा (एमाले)का उम्मेदवारलाई भारी मतान्तरले पछि पार्दै प्रमुखमा विजयी बन्नुभएको हो । पुनले आठ हजार ७५५ मत ल्याउनुभएको थियो भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका लीला रानाले जम्मा दुई हजार ८७३ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै बरेङको अध्यक्षमा विजयी राजमोका शर्माले तीन हजार ६०१ मत प्राप्त गरी एमालेका प्रदीप थापालाई पराजित गर्नुभएको हो । थापाले जम्मा दुई हजार २३२ मत ल्याउनुभएको थियो । जैमिनीको उपप्रमुख र बरेङको उपाध्यक्षमा भने नेपाली कांग्रेस विजयी बनेको छ ।

विसं २०७४ को चुनावमा बरेङमा मात्र विजयी बनेको राजमो अहिलेको चुनावमा भने गठबन्धनको बलमा दुई पालिका जित्न सफल भएको छ । मतगणना जारी रहेका काठेखोला र बडिगाड गाउँपालिकाको उपाध्यक्षमा पनि राजमोका उम्मेदवारको अग्रता छ । अहिलेसम्म जिल्लाका आठ स्थानीय तहको अन्तिम मत परिणाम आइसकेको छ ।

नेपाली कांग्रेस चार, राजमो दुई, माओवादी केन्द्र एक र एमाले एक स्थानमा विजयी बनेको छ । मतगणना चलिरहेको काठेखोला र बडिगाड गाउँपालिकाको अध्यक्षमा पनि कांग्रेसकै उम्मेदवारको अग्रता छ । विसं २०७४ को चुनावमा यी दुवै गाउँपालिकामा एमाले विजयी बनेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!