शिवराजको प्रमुखमा राप्रपा, उपप्रमुखमा एमाले निर्वाचित

SHARE:

कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका अजय थापा र उपप्रमुखमा नेकपा (एमाले)की शिवकुमारी थारु निर्वाचित हुनुभएको छ ।

शिवराज प्रमुखमा सात हजार ६०२ मतसहित अजय थापा र उपप्रमुखमा सात हजार ९५५ मतसहित शिवकुमारी चौधरी निर्वाचित हुनुभएको हो । एघार वडा रहेको शिवराजमा सुरुआतदेखि अग्रता बढाउँदै गएका थापा अन्तिम मतपरिणाम आउँदासम्म अग्रस्थानमै रहनुभयो ।

विसं २०७४ को निर्वाचनमा शिवराजको प्रमुख र उपप्रमुख दुवै पदमा एमालेले जितेको थियो । तत्कालीन निर्वाचनमा थापा स्वयं राप्रपाबाट उम्मेदवार हुनुहुन्थ्यो ।

प्रमुखमा पराजित थापा मङ्सिरमा सम्पन्न सङ्घीय र प्रदेशको चुनावमा नेपाली कांग्रेस प्रवेश गर्दै प्रदेशसभामा चुनाव लड्नुभएको थियो । नगरको उपप्रमुखमा भने शिवकुमारी थारु निर्वाचित हुनुभएको छ ।

नगरमा रहेका ११ वडामा मिश्रित परिणाम आएको छ । तीन वडा कांग्रेस, तीन एमाले, दुई÷दुई माओवादी र लोसपा, एक वडामा जसपाले जीत निकालेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!