हिमालय एअरलाइन्सको सगरमाथा आरोहण

SHARE:

काठमाडौं २० मे २०२२ । हिमालय एअरलाइन्सकी वरिष्ठ उडान परिचारिका सुश्री ॐनिका डङ्गोलसहितको सगरमाथा आरोहण टोलीले यही मे १६ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेको छ । स्थानीय समयअनुसार यही जेठ २ बिहान ७ः३० बजे थामसेर्कु ट्रेक्स एण्ड एक्सपिडिसनको आरोहण टोलीसँग परिचारिका डङ्गोलले सगरमाथाको चुचुरो आरोहण गर्नुभएको हो ।

सुश्री डङ्गोल आज सकुशल काठमाडौँ फर्कनुभएको र उहाँलाई गैरीधारास्थित एअरलाइन्सको मुख्य कार्यालयमा कार्यक्रम गरी स्वागत गरिएको सो एयरलाइन्सले जनाएको छ । कार्यक्रममा एअरलाइन्स्का अध्यक्ष झो एन्योङ्ग र हिमालय टोलीले डङ्गोललाई स्वागत गर्नुभएको थियो । टोलीलाई बधाई दिँदै उहाँले भन्नुभयो, “यो हाम्रा लागि निकै महत्वपूर्ण परियोजना हो । हिमालय एअरलाइन्सका लागि यो वास्तवमै सुखद उपलब्धि हो । यस उपलब्धिले दृढताको भावनालाई प्रस्तुत गर्दछ जसमा हिमालयले सदैव विश्वास राख्दछ ।”

डङ्गोलले यसअघि मेरा, आइल्यान्ड र लोबुचे गरी तीनवटा चुचुरो आरोहण गरिसक्नुभएको छ । एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भन्नुभयो, “हिमालय एअरलाइन्स्का मुख्य उद्देश्यमध्य नेपाली पर्यटन प्रवद्र्घन गर्नु पनि एक हो र यो परियोजना नेपालको पर्यटन प्रवद्र्घनमा हिमालयको एउटा सानो कदम मात्र हो । हामी यस परियोजनाको उपलब्धिका लागि टोलीलाई बधाई दिन्छौँ ।”

डङ्गोलले शिखर आरोहणमा एअरलाइन्स्को प्रतिनिधित्व गर्न पाउनु गर्वको क्षण भएको उल्लेख गर्दै धेरै चुनौतीका बाबजुद शिखरमा पुग्न सफलता प्राप्त भएकामा सहयोग गर्ने एअरलाइन्सलगायत सबैप्रति आभार व्यक्त गर्नुभयो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!