बेलायतका सञ्चारकर्मीलाई लन्डन हन्स्लो मेयरको सम्मान

SHARE:

लन्डन २१ मे २०२२ । लन्डन बरो अफ हन्स्लोका ५६ औं मेयरविष्णु गुरुङले बेलायतस्थित नेपाली सञ्चारकर्मीहरुलाई सम्मान गरेका छन् ।

शुक्रबार सांझ हन्स्लो हाउसमा आयोजित एक समारोहबीच मेयर गुरुङले आफ्नो कार्यकाल सफल बनाउन योगदान गरेको भन्दै पत्रकारहरु नवीन पोखरेल, शिव भण्डारी, नरेन्द्र बस्नेत, एभरेष्ट गौतम, बाचस्पति रेग्मी र मिलन शर्मालाई प्रमाणपत्रसहित सम्मान गरे ।

अन्य पत्रकारहरु नरेश खपांगीमगर, ध्रुवराज अर्याल, दिनेश परियार र विमला सेने भने सम्मान ग्रहण कार्यक्रममा सहभागी हुन सकेनन् ।

‘तपाईंहरुले मेरो कार्यकालमा धेरै सहयोग गर्नुभयो । सायद मिडियाको सहयोग बिना म र मेरो कामबारे कसैलाई थाहा हुने थिएन’, एक दशक बढी समय बेलायतको स्थानीय राजनीतिमा होमिएका भूतपूर्व गोर्खा गुरुङले भने, ‘म अब काउन्सिरमात्र रहे भने नेपाली र बेलायती समुदायका लागि निरन्तर लागिरहनेछु ।’

मेयर गुरुङले कोभिड महामारीले गर्दा कतिपय योजना सफल हुन नपाएपनि केही महत्वपूर्ण कार्य भने गर्न भएको सुनाए । ‘लन्डनका ३२ बरोमध्ये हामी वेष्ट बरो अफ दि इयर हुन सफल भयौं । यसमा सबै कर्मचारी र काउन्सिलरहरुको साथ छ’, उनले भने । गुरुङसंग सञ्चारकर्मीहरुले विभिन्न विषयमा अन्तरक्रिया र उनको अनुभव समेत सुने ।

लेबर पार्टी आवद्ध गुरुङको मेयर कार्यकाल यही ३१ मेमा सकिंदैछ । तर उनी गत मे ५ मा सम्पन्न निर्वाचनमा तेस्रो पटक पुनः काउन्सिलर निर्वाचित भएका छन् । गुरुङ सन् २०१४ मा हन्स्लोकै हानवर्थ पार्क क्षेत्रबाट पहिलोपटक काउन्सिलर निर्वाचित भएका थिए ।

सन् २०१४ देखि २०१५ मा डेपुटी मेयर समेत बनेका गुरुङ सन् २०१८ मा पुनः काउन्सिलर निर्वाचित भए । दुई पटक काउन्सिलर, एकपटक डेपुटी मेयर र हाल मेयरको जिम्मेवारी सम्हाल्दै आएका गुरुङ सन् २००५ देखि लन्डनमा बस चालकको रुपमा पनि कार्यरत छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!