न्युजिल्यान्डमा सगरमाथा दिवस २०२२ मनाउने तयारी

SHARE:

लण्डन मे २१ ।

Nepal Everest Ascent Anniversary

गैर आवासीय नेपाली संघ न्युजिल्यान्डको आयोजनामा यही मे २८ देखि ३१ तारिख सम्म सगरमाथा दिवस मनाइने भएको छ ।

नेपालका तेन्जिंग नोर्गे र न्युजिल्यान्डका एडमण्ड हिलारीले ६९ बर्ष अघि सन् १९५३ मे २९ का दिन सगरमाथा को सफल आरोहण गरी संसारको सर्वोच्च शिखरमा पाइला टेकेर विश्व कीर्तिमान स्थापित गरेको अवसरलाई स्मरण गर्दै उक्त अबसरमा न्युजिल्यान्डमा रहेका सगरमाथा आरोहीहरूको पनि सम्मान गर्ने कार्यक्रम रहेको छ।

एडमण्ड हिलारीले सगरमाथा क्षेत्रमा शिक्षा, स्वास्थ्य, पर्यावरण बिषयमा उत्थान गर्ने हेतुले स्थापना गरेको संस्था हिमालयन ट्रस्ट र न्युजिल्यान्डमा रहेका नेपाली संघ संस्थाहरुको यो दिबसको आयोजनामा सहकार्य रहने बताइएको छ। न्युजिल्यान्डमा सन् २०१४ देखि मनाउन सुरुआत गरिएको सगरमाथा दिबस यो बर्ष न्युजिल्यान्डका विभिन्न छ शहरहरु मध्ये इन्भरकारगिलमा २८ मे का दिन, अक्ल्यांड, बे अफ प्लेनटी, हेमिलटन र क्राइस्टचर्चमा २९ मे का दिन र वेलिंगटनमा ३१ मे का दिन सम्पन्न हुँदैछन् ।

विभिन्न समयमा हिमाल आरोहण गर्ने आरोहिहरुको उपस्थिति हुने यो दिवसमा नेपाल प्रति र हिमाल आरोहणमा चाख राख्ने व्यक्तिहरु तथा न्युजिल्याण्डमा रहने नेपालीहरुको ठुलो संख्यामा सहभागिता हुने अपेक्षा गरिएको छ। कार्यक्रममा सर एडमण्ड हिलारीको हस्ताक्षर भएको पाँच डलर नोट र हिलारी र तेञ्जिङ्ग भएको कलाकृतिको लिलाम बढाबढ गरिने र प्राप्त रकम हिमालयन ट्रस्टलाई हस्तान्तरण गरिने एनआरएनएले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!