किरात राई यायोक्खा यूकेले मनायो उभौली साकेला

SHARE:

नगेन्द्रराज नेम्वाङ 

लन्डन २१ मे २०२२ । किरात राई यायोक्खा यूकेले राई जातिहरुको महान् चाड साकेला उभौली भव्य रुपमा मनाएको छ ।

मे २१ तारिख शनिबार आफ्नै जग्गा गेम्बल लेनमा एक कार्यक्रम गरी साकेला उभौली मनाइएको हो । कार्यक्रम सुरुवात राई समुदायको सिनियर पुर्खा रत्न राई, अध्यक्ष चन्द्रबहादुर राई र प्रमुख अथिति मन्त्री केदार कार्कीद्वारा मन्चबाट पुजास्थल राई समुदायको लोकप्रिय साकेला नृत्यका साथ प्रकृति मातामा पितृ पूजा गरिएको थियो । प्रमुख अथिति र अध्यक्षद्वारा दिप प्रज्ज्वलन गरी औपचारिक कार्यक्रम उद्घाटन गरिएको थियो ।

कार्यक्रममा अथितिहरु गैरआवासीय नेपाली संघ एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर, राई यायोक्खा नेपालका उपमहासचिव शुभचन्द्र राई, काउन्सिलर चित्र राना मगर, काउन्सिलर जिब बेल्बासे, काउन्सिलर नेम थापा मगर, मगर संघ यूकेकी अध्यक्ष सिता पुर्जा पुन, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेकी अध्यक्ष गोमा राना, तामाङ सोसाइटी यूकेका महासचिव मनि तामाङ, शेर्पा समाज यूकेका अध्यक्ष आङ्दावा शेर्पालगायतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

प्रमुख अथिति प्रदेश नम्बर १ का आर्थिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले आफ्नो मन्तव्यको क्रममा बेलायतलगायत देशहरुमा रहेर पनि यसरी आफ्नो संस्कृत मौलिक चाड पर्वलाई मनाउन आयोजित कार्यक्रममा सहभागी हुन पाउँदा नेपालको पूर्वीभाग राई बसोबास जिल्लाहरु खोटाङ संखुवासभा भोजपुर जिल्लाहरुमा उभिरहेको आभास भइरहेको कार्यक्रम भव्य सफल भएको र सुम्निमा र पारुहाङबाट अपार शक्ति मिलिरहोस् भनी शुभकामना दिएका थिए ।

कार्यक्रमका विशेष अथिति सिनियर पुर्खा रत्न राईले बेलायतमा रहेका बिभिन्न भाषा बोल्ने सबै थरका राई जातिहरु एक भएर अघि बड्न आग्रह गरेका थिए।

चन्द्रबहादुर राईको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रम महासचिव चन्द्रवती राई र सचिव प्रमिला लाबुङ राईले सन्चालन गरेका थिए । कार्यक्रमको दोस्रो चरणमा राई जातभित्र रहेका विभिन्न भाषिक साकेला नृत्य प्रदर्शन गरिएको थियो । साकेला कार्यक्रममा उपस्थित राई समुदाय गैरराई समुदायलगायत आमन्त्रित अथिति सबैजनाले साकेला नाचेर भरपुर मनोरन्जन लिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!