२२ मे २०२२ बेलायत । मगर संघ युकेले नेपाली ओपन कन्सर्टको लागि पत्रकार सम्मेलन जुममार्फत सम्पन्न गरेको छ। यस बर्ष नेपाली ओपन कन्सर्ट सनिवार २८ मेको दिन फार्नबोरो फुटबल कलबमा सम्पन्न हुदै छ। मगर संघ युकेले सन् २००७ देखि हरेक बर्ष सपन्न गर्दै आएको भएतापनि गत दुइबर्षसम्म कोभिड १९ को कारणले सपन्न भएको थिएन।
नेपाली ओपन कन्सर्टका प्रमुख संयोजन तथा बरिष्ठ उपाध्यक्ष लाल पुनले ओपन कन्सर्टको लागि सम्पूर्ण कार्यहरु तयारी भैसकेको जानकारी दिएका थिए। उक्त कार्यक्रमको प्रमुख अतिथि बेलायतको लागि नेपाली राजदुत महामहिम ज्ञानचन्द्र आचार्य, बिशेष अतिथि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महाबिर पुनको अतित्थ्य रहने बताएका छन भने अन्य अतिथिहरुमा हाम्पसायर काउन्टी काउन्सिलका काउन्सिलर, रसमुरबोरो काउन्सिलका मेयर, काउन्सिलरहरु लगायत बेलायतमा स्थापित बिभिन्न संघ संगठनका अध्यक्षहरु तथा उनका प्रतिनिधिहरु रहने बताएका छन।
लाल पुनले नेपाली ओपन कन्सर्टमा खानपिनलगायत बिभिन्न स्टलहरु रहने ब्यबस्था गरिएको बताएका छन। मगर संघ युकेका सांस्कृतिक सचिब तथा ओपन कन्सर्टका सांस्कृतिक संयोजक सरु (तान्याङ) गुरुङ रानाले मनोरन्जनको कार्यक्रमको लागि भाइस अफ नेपालका रनर अप तथा गायिका तारा श्रीस, नायक तथा सुप्रशिद्ध गायक प्रकाश सपुत र नेपाल आइडलका बिजयी भुपेन्द्र थापालगायत नेपालबाट बेलायत आइका थुप्रै कालाकारहरुलाई निम्ता दिएको बताएका छन।
पत्रकारहरुको प्रश्नको सहजीकरण सांस्कृतिक सहसचिब नुनु पाइजा, प्रमुख संयोजक लाल पुन र अध्यक्ष सिता पुनले गर्नु भएको थियो
मगर संघ युकेका अध्यक्ष सिता पुनले अध्यक्षता गरेको पत्रकार सम्मेलनलाई बरिष्ठ उपाध्यक्ष लाल पुनले सवागत मन्तब्य दिएका थिए भने महासचिब गुमानसिङ थापाले संचालन गरेका थिए। पत्रकार सम्मेलनमा पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष ध्रुबराज अर्यालज्युलगायत बेलायतमा स्थापित संचार गृहका थुप्रै पत्रकारहरुको सहभागिता रहेको थियो।






