नेपालमा हवाई भाडा फेरी बढ्यो, कहाँको कति ?

SHARE:

काठमाडौं मे २३ ।

वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् ।

सोमबार एक सूचना जारी गर्दै वायु सेवा सञ्चालक संघले आन्तरिकतर्फ न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँसम्मले भाडा वृद्धि गरेका हुन् । संघका अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको भाडा ४४५ रुपैयाँले बढेको छ । सबै भन्दा कम काठमाडौँ(सिमरा ९० रुपैयाँले बढेको छ । योसँगै अब काठमाडौँदेखि धनगढीको हवाई भाडा १५ हजार ६६५ रुपैयाँ पुगेको छ ।

यस्तै काठमाडौँ नेपालगञ्जको भाडा १२ हजार ८९५, भद्रपुरको ११ हजार ९३५ रुपैयाँ, विराटनगर ९ हजार ३२५, जनकपुर ४ हजार २५०, भरतपुर ४ हजार ४३५, पोखरा ६ हजार ३०५ रुपैयाँ, भैरहवा ७ हजार ८८० रुपैयाँ पुगेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै हवाई इन्धनको समेत मूल्य बढेपछि हवाई भाडा बढाइएको संघले जनाएको छ । बढेको भाडा आगामी बुधबार अर्थात् जेठ ११ गतेदेखि लागू हुने संघले जनाएको छ ।

आइतबार एक सूचना जारी गर्दै नेपाल आयाल निगमले पेट्रोलरमट्टितेल र डिजेलको समान प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो भने यता हवाई इन्धनको समेत प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो । खाना पकाउने एलपी ग्यासको भने एकैपटक २०० रुपैयाँ मूल्य वृद्धि गर्दै निगमले प्रतिसिलिन्डर १८०० रुपैयाँ पु¥याएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!