बेलायत भ्रमणमा रहेका मन्त्रीहरुसंग अन्तरकृया: एनआरएनए यूके

SHARE:


भरतमणी चोङबाङ: प्रबक्ता एनआरएनए यूके

लण्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेले हाल बेलायत भ्रमणमा रहेका नेपालका मन्त्रीहरुसंग एक अन्तरकृया गर्ने भएको छ । संघीय शिक्षा मन्त्री देवेन्द्र पौडेल र प्रदेश एकका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीसंग संयुक्त रुपमा अन्तरकृया गरिने एनआरएनए यूकेका प्रवक्ता भरतमणी चोङबाङले बताए ।

मे २५ बुधबार का लागि तय गरिएको अन्तरकृया कार्यक्रममा एनआरएनए यूकेका बरिष्ठ सदस्यहरु उपस्थित हुने छन् । कार्यक्रम अपरान्ह ५ः३० बजेबाट अल्डर्शटस्थित संघको कार्यालय सुरु हुनेछ । कार्यक्रमको संयोजन उपाध्यक्ष नारायण कँडेलले गरिरहेका छन् ।

संघीय शिक्षा मन्त्री देवेन्द्र पौडेल बेलायतमा भइरहेको शैक्षिक विश्व मञ्चमा सहभागी हुन गत मे २१ मा लन्डन आइपुगेका हुन् भने प्रदेश एक आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की १९ तारिख नै हिथ्रो उत्रिएका थिए। मे २२ देखि २५ सम्म हुने शैक्षिक विश्व मञ्चको उक्त कार्यक्रममा विश्वका करिब १०० मुलुकका शिक्षामन्त्रीहरू, गैर-सरकारी संस्थाहरुका पदाधिकारीहरू र शिक्षाविद्हरू सहभागी छन्। सम्मेलनमा सीमित स्रोतका बावजुद कसरी शिक्षाको पहुँचमा सुधार गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!