नेपालमा स्थानीय निर्वाचन परिणाम : ७४५ पालिकाको नतिजा घोषणा, ८ मा गणना जारी

SHARE:


काठमाडौं २५ मे २०२२ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न ८ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको सूचना प्रणालीमा बुधबार १२ बजेसम्ममा प्रविष्ट भएको विवरणानुसार ७५३ मध्ये ७४५ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

कतिपय पालिकाको मतगणना कार्य सम्पन्न भए पनि घोषणा भई आयोगको प्रणालीमा प्रविष्ट हुन बाँकी रहेको छ । अन्तिम परिणाम आउन बाँकी पालिकामा वाग्मती प्रदेशमा काठमाडौँ महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको त्रियुगा र कटारी नगरपालिका, मधेस प्रदेशमा रौतहटको गढीमाई नगरपालिका, गरुडा नगरपालिका र फतुवा विजयपुर नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका छ ।

सुदूरपश्चिममा बाजुराको बुढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानविनका आधारमा निर्णय आउन बाँकी रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!