एजेन्सी मे २५ ।

लिबियाबाट युरोप जान लागेका आप्रवासीहरूले भरिएको एउटा डुंगा छिमेकी राष्ट्र ट्युनिसियामा दुर्घटनामा परेको छ।
उक्त डुंगा दुर्घटना हुँदा ७० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन् । भूमध्यसागरमा सो डुंगा डुबेर दुर्घटना भएको तटरक्षकहरुले बुधबार जानकारी दिएका छन् । ट्युनिसियाको स्फ्याक्स बन्दरगाहमा करिब १०० यात्रु बोकेको डुंगा पल्टिएको थियो ।
तटरक्षक र नौसेनाको टोलीले २४ जनालाई पानीबाट बाहिर निकालेका नेशनल गार्डका प्रवक्ता हौसेम एडिनले बताएका छन् ।






