लन्डन बरो अफ हन्स्लो कार्यालयमा राजदूत आचार्य, मेयर विष्णु गुरुङद्वारा स्वागत

SHARE:

लन्डन २६ मे २०२२ – लन्डन बरो अफ हन्स्लो मेयर विष्णु गुरुङले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई आफ्नो कार्यालय हन्स्लो हाउसमा स्वागत गरेका छन् । मेयर गुरुङले बुधबार राजदूत आचार्यसहित उपनियोग प्रमुख रोशन खनाललाई मेयर अफिसमा स्वागत गरि सम्मान समेत गरे ।

हन्स्लो काउन्सिलमा टेक्ने नेपाली राजदूतमा आचार्य पहिलो भएको गुरुङले बताए । राजदूतले मेयर गुरुङसंग स्थानीय निकाय सञ्चालनबारे चासो राखेका थिए । राजदूतले उक्त क्षेत्रमा काउन्सिलर र नेपाली समुदाय के कति छन् भनेर जिज्ञासा राखेका थिए ।

प्रतिउत्तरमा गुरुङले आफ्नो काउन्सिलमा ६२ जना काउन्सिलर रहेका र तिमध्ये लेबर आवद्ध ५२ र कन्जरभेटिभका १० जना रहेको अवगत गराएका थिए । मेयर गुरुङले काउन्सिलले स्थानीय तहमा शिक्षा, यातायात, हाउजिङ, वेलफेयर आदि काम गर्ने र उसको आयश्रोत काउन्सिल ट्याक्स हुने बताउंदै केन्द्र सरकारबाट केही ‘ग्रान्ट’ मात्र उपलब्ध हुने बताएका थिए । ‘महामहिमज्यू हाम्रो काउन्सिल अफिस भ्रमणबाट प्रभावित हुनुभयो’, गुरुङले भने, ‘नयां ठूलो भवन देखेर उहां दंग हुनुहुन्थ्यो । मलाई मेयर कार्यकाल सफल र काउन्सिलर निर्वाचित भएकामा वधाई पनि दिनुभयो ।’

उक्त अवसरमा गोर्खा सत्याग्रह टिमका ज्ञानराज राई, कृष्णबहादुर राई, विष्णु गुरुङ लगायत पनि सहभागी थिए । मेयर गुरुङले सत्याग्रह प्रतिनिधिलाई उनीहरुको सहयोगका लागि प्रशंसापत्र प्रदान गरे ।

मेयर गुरुङले दि रोयल बरो अफ केन्जिङ्टन एण्ड चेल्सीमा १८ वर्ष काउन्सिलर भएर काम गरिसकेका थर्ड वर्ल्ड सोलिडारिटीका संस्थापक तथा अध्यक्ष अल्डरम्यान मुस्तक लसारी (सिबीइ) लाई समेत बोलाएर सत्याग्रह प्रतिनिधिहरुसंग परिचय गराइ गोर्खा मुद्दामा एउटा पार्लियामेन्ट बैठक बोलाउने वातावरण तय गर्न आग्रह गरे । मुस्तक ‘अल पार्टी पार्लियामेन्ट्री ग्रुप अन थर्ड वर्ल्ड सोलिडारिटी’ का संयोजक पनि हुन् ।

मुस्तकले अक्टोबरभित्र सांसदहरुसंग मिटिङ मिलाउने आश्वासन दिएको गुरुङले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!