बेलायती महारानीको ‘प्लेटिनम जुब्ली’ मिडल्यान्डमा नेपाली शैलीमै मनाइँदै

SHARE:

लन्डन २६ मे २०२२ । बेलायती महारानी एलिजावेथ द्वीतीयाले राजगद्धी सम्हालेको ७० औँ वर्षगांठ बेलायतका नेपालीले पनि एक भव्य समारोहबीच मनाउने तयारी गरेका छन् । सिर्जनशिल लेष्टर नेपालको आयोजना तथा सिंगो मिडल्यान्डको सहकार्यमा आउँदो जुन ६ तारिख सोमबार मिडल्यान्डको लेष्टरमा नेपाली शैलीमा महारानीको ‘प्लेटिनम जुब्ली’ मनाइने भएको हो।

लेष्टरको रामगर्हिया कम्युनिटी सेन्टरमा आयोजना हुने समारोहमा बेलायती सांसद, स्थानीय मेयर तथा काउन्सिलर, नेपाली राजदूतलगायतका विशिष्ट अतिथिको सहभागिता रहने आयोजकले बताएका छन्। बेलायतभरबाट नेपाली समुदायको प्रतिनिधिमुलक सहभागिता रहने अपेक्षा गरिएको कार्यक्रममा स्थानीय बेलायती समुदायबाट पनि उल्लेख्य संख्यामा उपस्थिति रहने बताइएको छ ।

समारोहमा नेपालीपन झल्काउने खालका मौलिक सांस्कृतिक कार्यक्रमहरु पस्किने तयारी छ। नेपाली पञ्चेबाजा, विभिन्न सांस्कृतिक झांकीदेखि नेपाली गीत, संगीत प्रस्तुत गरिनेछ।साथै, नेपालबाट आएका लगायतका राष्ट्रिय कलाकारले पनि आफ्नो प्रस्तुति गर्नेछन् । ‘बेलायतकै इतिहासमा पहिलोपटक महारानी एलिजावेथको राजगद्धी ७० वर्ष पूरा भएको अवसरलाई बेलायतभर ठूलो उत्सवका रुपमा मनाइंदै छ। यही उत्सवलाई बेलायतमा बस्ने नेपालीहरुले पनि उल्लासमय रुपमा मनाउने हाम्रो योजना छ’ सिर्जनशिल लेष्टर नेपालका अध्यक्ष नारायण फुँयालले भने।

कार्यक्रमले स्थानीय बेलायती समुदायसँगको नेपाली समुदायको सम्बन्धमा हार्दिकता थप्ने र नेपाली कला, संस्कृतिको प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास अध्यक्ष फुँयालले व्यक्त गरे । कार्यक्रमलाई सफल पार्न अहिले लेष्टरसहित सिंगो मिडल्यान्डको नेपाली समुदाय एक भएर जुटेको छ। सिर्जनशिल लेष्टर नेपाल मुख्य आयोजक रहेको कार्यक्रमको तयारीका लागि मिडल्यान्डका सबै क्षेत्रमा स्थानीय संयोजकहरु तोकिएका छन् ।

मिडल्यान्डस्थित साझा नेपाली समाजका पूर्व अध्यक्ष महेश अधिकारीले यो कार्यक्रमलाई लेष्टर वा मिडल्याण्डमा मात्रै सिमित नगरी बेलायतवासी सम्पूर्ण नेपालीको साझा बनाउने कोशिश रहेको बताए। उनले भने, ‘मिडल्याण्डले पहलकदमी लियो, सिर्जनशिल लेष्टर नेपालले संयोजन गर्दैछ । अब बेलायतवासी हामी सबै नेपाली मिलेर कार्यक्रम सफल बनाउनुपर्छ। यसबाट बेलायतको सिंगो नेपाली समुदायबारे सकारात्मक सन्देश प्रवाह हुनेछ ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!