बेलायतका राजकुमार चार्ल्स शरणार्थी शिविरमा

SHARE:

लण्डन मे २६ ।

बेलायतका राजकुमार चार्ल्सले बुखारेस्टस्थित युक्रेनी शरणार्थी शिविरको भ्रमण गरेर रोमानिया सरकार र स्वयंसेवकहरूले त्यहाँ गरिरहेको सहायता प्रयासबारे जानकारी लिएका छन् ।

एकजना दोभाषेमार्फत युक्रेनीहरूको समूहसँग कुरा गर्दै उनले आफ्नो भाषा सीपको अक्षमताका निम्ति क्षमा याचना गर्दै कठिन परिस्थितिमा उनीहरूले देखाएको असाधारण साहस, धैर्य र सहनशीलताको प्रशंसा गरे । युक्रेनी बच्चाहरूले उनलाई परम्परागत युक्रेनी ढाँचामा चित्रित काठको चम्चा उपहारस्वरुप प्रदान गरेका थिए ।

रुस–युक्रेन युद्ध शुरु भएयता १० लाख युक्रेनी शरणार्थीका रुपमा रोमानिया पुगेका छन् । शरणार्थीहरूमा प्रायः महिला र बालबालिका छन् । राजकुमार चार्ल्सका साथ रेडक्रसका अधिकारी, मुक्ति सेना र शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायका प्रतिनिधि बुखारेस्ट नगरका प्रमुखलगायत उपस्थित थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!