
नायिका दिया पुन गत सुक्रबार सगरमाथाको चुचुरामा सफलतापुर्बक आरोहण गरेकी छिन। उनि हिम चितुवा भनेर चिनिने निर्मल पुर्जा (निम्स दाई) को Purja’s Elite Expeditions बाट निम्स दाइलगायत २० जनाको टिमसँग सगरमाथाको चुचुरोमा पुगेका थिइन्। निम्स दाइको भनाइ अनुसार
दिया पुन पेसाले नर्स हुन्। उनि बेलायतको कोल्चेस्टर अस्पातालमा कार्यरत छिन भने यस पटक उनले ति वटा च्यारिटी संस्थाहरु National Health Service (NHS) Colchester Hospital Charity Children and Youth First in Nepal को लागि चन्दा संकलन गरेकी थिइन्। गत बर्ष उनले मनास्लु हिमाल आरोहण गरेकी थिइन्।
दियाले नेपाली नेपाली फिल्मस् इण्डस्ट्रिमा आफ्नो नाम चिनाइसकेकि छिन। उनले नेपाली फिल्मस्हरु दयारानी, झोले, Happy Days बिरबिक्रम र मन्त्रमा अभिनय गरेर चर्चा कमाइकेकी छिन।
दियाको बाबा ब्रिटिश आर्मीको रिटायर क्याप्टेन उमेश पुन हुन् भने आमा अभिनेत्री रुपा पुन हुन्। पुर्ख्यौली घर म्याग्दी जिल्ला, अन्नपूर्ण गाउँपालिका शिख हो भने हाल उनि बेलायतको कोल्चेस्टरमा बाबा आमासंग आउनु भएकी छिन।






