रञ्जन कोइराला पक्राउ

SHARE:

काठमाडौं मे २७ ।

 

सर्वोच्च अदालतबाट जन्मकैदको फैसला उल्टिएपछि फरार भएका रञ्जन कोइरालालाई उपत्यका अपराध अनुसन्धान महाशाखाले आज पक्राउ गरेको छ।

सर्वोच्चले सशस्त्र प्रहरी बलका पूर्वडिआइजी कोइरालाको कैद मिनाहा गर्ने निर्णय हिजो उल्ट्याएको थियो। अदालतले आफ्नै निर्णय उल्ट्याउँदै पूर्वडिआइजी कोइरालाको जन्मकैद सदर गरेको थियो। यसअघि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको कैद मिनाहा गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले पूर्व डिआइजी कोइरालाविरुद्ध पत्नी मारेर प्रमाण लुकाउन उनको शव जलाएको अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। उनी जिल्लाको फैसलाविरुद्ध ललितपुर पुनरावेदन अदालत गएका थिए । तर पुनरावेदन अदालतले समेत जिल्ला अदालतकै फैसला सदर गरेपछि उनले सर्वोच्च पुगेका थिए ।

सर्वोच्च अदालतले २०७७ असार १५ मा उनको कैद सजाय ११ वर्ष घटाउने फैसला गरेपछि महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकनका लागि निवेदन दिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!