नेपाली ओपन कन्सर्टको पूर्ण रुपमा तयारी भई सकेको छ। नेपाली ओपन कन्सर्टका प्रमुख संयोजन तथा बरिष्ठ उपाध्यक्ष लाल पुनले ओपन कन्सर्टको लागि सम्पूर्ण कार्यहरु तयारी भैसकेको जानकारी दिएका छ । उक्त कार्यक्रमको प्रमुख अतिथि बेलायतको लागि नेपाली राजदुत महामहिम ज्ञानचन्द्र आचार्य, बिशेष अतिथि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महाबिर पुनको अतित्थ्य रहने बताएका छन भने अन्य अतिथिहरुमा हाम्पसायर काउन्टी काउन्सिलका काउन्सिलर, रसमुरबोरो काउन्सिलका मेयर, काउन्सिलरहरु लगायत बेलायतमा स्थापित बिभिन्न संघ संगठनका अध्यक्षहरु तथा उनका प्रतिनिधिहरु रहने बताएका छन।
लाल पुनले नेपाली ओपन कन्सर्टमा खानपिनलगायत बिभिन्न स्टलहरु रहने ब्यबस्था गरिएको बताएका छन। मगर संघ युकेका सांस्कृतिक सचिब तथा ओपन कन्सर्टका सांस्कृतिक संयोजक सरु (तान्याङ) गुरुङ रानाले मनोरन्जनको कार्यक्रमको लागि भाइस अफ नेपालका रनर अप तथा गायिका तारा श्रीस, नायक तथा सुप्रशिद्ध गायक प्रकाश सपुत र नेपाल आइडलका बिजयी भुपेन्द्र थापालगायत नेपालबाट बेलायत आइका थुप्रै कालाकारहरुलाई निम्ता दिएको बताएका छन।






