सरकारको नीति तथा कार्यक्रम संसदबाट पारित

SHARE:

काठमाडौं मे २८ ।

प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रम पारित भएको छ ।

शनिबारको बैठकले बहुमतबाट नीति तथा कार्यक्रम पारित गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । नीति तथा कार्यक्रममाथि बिहीबार, शुक्रबार र शनिबार छलफल भएको थियो। त्यसक्रममा सांसद्हरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारकै दोस्रो बैठकमा जवाफ दिएका थिए। त्यसपछि सांसद्हरुले सोधेको स्पष्टीकरणको पनि जवाफ दिएका थिए ।

शनिबार नीति तथा कार्यक्रममाथि सांसद्हरुले राखेका संशोधन प्रस्ताव पनि निर्णयार्थ पेश भएको थियो। तर कुनै पनि संशोधन प्रस्ताव पारित हुन सकेका थिएनन् । त्यसपछि नीति तथा कार्यक्रम निर्णयार्थ पेश भएको थियो । राष्ट्रिय सभाबाट शुक्रबार नै नीति तथा कार्यक्रम पारित भइसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!