आइतवार २९ मे २०२२ – बेलायत। तमुधी युकेले गोर्खा कप २०२२ तथा बीसौं संस्करणको लागि बेलायतको मिचेटस्थित आफ्नै तमुधी भवनमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ। पत्रकार सम्मेलनमा गोर्खा कपका प्रमुख संयोजन क्याप्टेन देब घलेले गोर्खा कपको सम्पूर्ण कार्यहरु तयारी भई सकेको जानकारी दिएका छन । क्याप्टेन घलेले यस बर्ष गोर्खा कपमा मुख्य टिम ३२, र भेट्रान टिम ८, र २ महिला टिम गरेर जम्मा ४२ टिमले भाग लिने बताएका छन। गोर्खा कपमा महिलाहरुले भाग लिएको यो पहिलो पटक हो। यसै बर्ष महिला फूटबल खेलाडी अस्मिता आलेले पनि सहभागिता जनाउने भएकी छिन।

गोर्खा कपको मुख्य आकर्षणहरु मध्ये प्यारासुट जम, सांकृतिक कार्यक्रम, खानपिन, च्यारिटी, जनचेतनालगायत बिभिन्न स्टलहरु रहने ब्यबस्था गरिएको क्याप्टेन घलेले बताएका छन । सांस्कृतिक कार्यक्रम सयपत्री ग्रुपले प्रश्तुत गर्ने छ भने गायिका एलिना गुरुङको आफ्नो सांगीतिक प्रस्तुति प्रश्तुत गर्ने छिन । गोर्खा कपमा ठेलो प्रतियोगिता पनि राखिएको छ। ठेलो प्रतियोगिताको लागि इन्ट्री फि, दस पाउण्ड राखिएको छ।

प्रमुख अतिथि, रसमुरबोरो काउन्सिलका मेयर जोन मार्श बिशेष अतिथिहरुमा नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनाल र अन्य अतिथिहरुमा, मिलिटरी अत्याची ले. कर्नेल रत्न बहादुर गोदार, ले. कर्नेल टोल खाम्चा, ले. कर्नेल देबिंद्र आले, अस्तन भिल्लाका महिला फुटबल खेलाडी अस्मिता आलेलगायत बेलायतमा स्थापित बिभिन्न संघ संगठनका अध्यक्षहरु तथा उनका प्रतिनिधिहरुलगायत दुतावासका कर्मचारीहरु रहने बताएका छन ।
पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ सयोजक क्याप्टेन देब घले, अध्यक्ष हितकाजी गुरुङले सहजीकरण गरेका थिए। सोहि कार्यक्रममा उपस्थित पत्रकारहरुलाई तमुधी युकेले सम्मान गरेका छन। सम्मान कार्यक्रमलाई तमुधी युकेका मिडिया सचिब तथा एभेरेष्ट टाईम्सका अन्लाइन्स प्रमुख सर्बिंद्र कुमार (एसके) गुरुङले संचालन गरेका थिए।कार्यक्रममा तमुधी युकेका पूर्व अध्यक्ष नन्दजंग गुरुङ, लम्जुङ्ग समाज युकेका अध्यक्ष पूर्ण गुरुङ, मार्शल आर्ट्स खेलाडी भुपेन्द्र गुरुङ गायिका यालिना गुरुङलगायत बिभिन्न सामाजिक सेवामा आबद्ध तमुहरुलाई सम्मान गरिएको थियो

तमुधी युकेका अध्यक्ष हितकाजी गुरुङले अध्यक्षता गरेको कार्यक्रमलाइ संस्थाको महासचिब परशुराम गुरुङले संचालन गरेका थिए भने बरिष्ठ उपाध्यक्ष हरि गुरुङले स्वागत मन्तब्य दिएका थिए। पत्रकार सम्मेलनमा तमुधी युकेका पुर्ब अध्यक्षहरु, कार्यसमिति, बुद्धिजीवी तथा प्रबुद्धबर्गलगायत मार्शल आर्ट्स खेलाडी भुपेन्द्र गुरुङ गायिका यालिना गुरुङको पनि उपस्थिति रहेको थियो। पत्रका सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष ध्रुबराज अर्याललगायत धेरै पत्रकारहरुको उपस्थिति रहेको थियो।






