बेलायती महारानीको राज्यारोहणको सात दशक मनाइँदै

SHARE:

लण्डन मे २९ ।

बेलायती महारानी एलिजावेथ द्वितीयाले मुलुकको सिंहासन सम्हालेको ७० वर्षको उपलक्ष्यमा चार दिनसम्म विविध कार्यक्रम आयोजना गरिने भएको छ ।

महारानीको सात दशक लामो शासनकाल भव्यरुपमा मनाउन सैनिक परेड, प्रार्थना, विविध साङ्गीतिक कार्यक्रमलगायत समारोह हुनेछन् । यसैसाता वकिङ्घम राजाप्रासदको बार्दलीमा आएर महारानी एलिजावेथले देशवासीलाई अभिवादन गर्नेछन् । वयोवृद्ध महारानीको बार्दलीमा हुने उपस्थितिले सात दशकको परिवर्तनपछि पनि राजपरिवार बेलायतमा अझै लोकप्रिय र सान्दर्भिक रहेको पुष्टि गर्नेछ ।

महारानीलाई हेर्न लण्डनको केन्द्रीय भागमा धेरैभन्दा धेरै नागरिक उपस्थित हुने अपेक्षा गरिएको छ । सडकमा निस्किएका बेलायती नागरिकको उपस्थितिले राजतन्त्रप्रतिको अटुट आस्था प्रतिविम्बित गर्नेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!