स्विण्डनमा सांगीतिक धमाका

SHARE:

जयराम तामाङ – सम्बाददाता एभेरेष्ट टाइम्स युके

बेलायत – मे २९ तारिख आइतबारको दिन स्विण्डनको टाउनस्थित पावर लन्जमा नेपालका ख्याति प्राप्त कलाकारहरुद्वारा आ आफ्नो सांगीतिक प्रस्तुती दिएका छन्। आठ ताराद्वारा आयोजित उक्त रमझम साँझ कार्यक्रममा ४ जना कलाकारहरुको उपस्थिति हुनु पर्नेमा एकजना कलाकार रेशम निर्दोष भने आफ्नो अस्वस्थ्यको कारणले उपस्थित हुन सकेको थिएन। चर्चित कलाकारहरु अनुपा मगर, तुलसी क्षेत्री र कृष्ण अखेलीले भने स्विण्डनबासि नेपालीहरुको दिन भरि काम गरेर थकाई लागेर आएको थकानलाई पनि बिर्सने गरि गाउघरको भीरपाखामा गुञ्जने गीतहरुले आनन्दित बनाएको थियो । विभिन्न परिकारको खानाहरुको स्वाद लिएपछि उपस्थित सबै जना कम्मर मर्काई मर्काइ नाच्दै रमाइलो गरेका थिए।

नेपालीहरुद्वारा संचालित उक्त पावर लन्ज बिबाह तथा विभिन्न कार्यक्रमहरुलाई लक्षित गरि खोलिएको स्विण्डनको टाउन सेन्टरमा रहेकोले कलाकारहरुको प्रस्तुती हेर्न स्विण्डनबासी नेपालीहरुको घुइंचो लागेको थियो। आठ ताराहरु राजन क्षेत्री, राम मणि रिजाल , देबेन्द्र श्रेष्ठ , रुपेश राउत , बिनोद पुरी , पूर्ण लिम्बु, नविन उपाध्याय र रमेश बास्तोला सबै जना विभिन्न सामाजिक संघ सस्थामा आबद्ध रहेर सामाजिक कामहरु गरि सकेका भए पनि बेला बेलामा मनोरंजन गरेर समय बिताउने गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!