बजेट सकारात्मक : एनआरएनए

SHARE:

लण्डन मे ३० ।

गैरआवासीय नेपाली संघ एनआरएनएले सरकारले आइतबार संसदमा प्रस्तुत बजेटको स्वागत गरेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले सोमबार एक विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७९-८० का लागि प्रस्तुत बजेट वक्तव्यमा गैरआवासीय नेपाली संघले उठाउँदै आएका थुप्रै माग सम्बोधन गरिएको उल्लेख छ । गैरआवासीय नेपाली लक्षित विभिन्न कार्यक्रम घोषणा गरिएकोमा भन्दै संघले स्वागत गरेको हो ।

विज्ञप्तिमा विदेशी नागरिकलाई नेपालमा अपार्टमेन्ट खरिदको बाटो खुला गर्ने जस्ता प्रावधान पनि सकारात्मक रहेको उल्लेख छ । यसअघि नेपाल सरकारले विदेशमा बसोबास गरी रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न सहज गर्नुका साथै यही जुन १ तारिखदेखि नेपाल राष्ट्र बैंकले आकर्षक ब्याजदर दिने गरी वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्न लागेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!