योगी नेतृत्वमा एफएनजे यूके पत्रकारिता पुरस्कार छनोट समिति गठन

SHARE:

लन्डन १ जून २०२२ । नेपाल पत्रकार महासंघ बेलायत शाखाद्वारा प्रदान गरिने ‘एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२’ को लागि पुरस्कार छनोट समिति गठन गरिएको छ । शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा आइतबार क्याम्बर्लीमा सम्पन्न कार्यसमितिको बैठकले शाखाका सल्लाहकार समेत रहेका वरिष्ठ पत्रकार भगिरथ योगीको संयोजकत्वमा पुरस्कार छनोट समिति गठन गरेको हो ।

समितिमा युनिभर्सिटी कलेज लन्डन (युसिएल) का प्राध्यापक डा तेजेन्द्र फेराली, वाटर एड यूकेमा कार्यरत जनस्वास्थ्य विज्ञ डा ओम गौतम, वरिष्ठ सञ्चारकर्मी संगीता मरहठ्ठा र त्रिभुवन विश्वविद्यालयकी पूर्व उपप्राध्यापक डा सुमाया राई सदस्य छन् । बेलायतमा कार्यरत नेपाली पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले शाखाद्वारा वार्षिक रुपमा प्रदान गरिने पुरस्कारको राशी ५ सय २ पाउन्ड छ ।

पुरस्कारको लागि प्राप्त आवेदन वा सिफारिशहरुमध्ये उत्कृष्ट स्टोरीका आधारमा समितिले विजेता छनोट गर्नेछ। यस वर्षको पुरस्कार आगामी जुलाई १० मा लन्डनमा आयोजना हुने शाखाको दशौँ वार्षिकोत्सव तथा स्थापना दिवस समारोहमा वितरण गरिने योजना छ। शाखाले सोही कार्यक्रममा बेलायतबाट १० वर्षभन्दा लामो समयदेखि निरन्तर प्रकाशन/ प्रसारण हुँदै आएका नेपाली सञ्चारमाध्यमहरुलाई ‘एफएनजे यूके मिडिया सम्मान’ द्वारा सम्मान गर्ने निर्णय गरेको छ ।

त्यस्तै, शाखाका संस्थापकहरुलाई पनि कार्यक्रममा सम्मान गर्ने योजना छ । बैठकले दशौँ वार्षिकोत्सव तथा स्थापना दिवस समारोहका अवसरमा एक विशेषांक प्रकाशन गर्ने निर्णय गर्दै उक्त कार्यको संयोजन गर्ने जिम्मा वरिष्ठ उपाध्यक्ष दिनेश परियारलाई दिएको छ।

शाखा अध्यक्ष अर्यालले अध्यक्षता र महासचिव नरेन्द्र बस्नेतले सञ्चालन गरेको बैठकमा वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष शिव भण्डारी, सचिव खेमराज रानाभाट, कोषाध्यक्ष एसके गुरुङ तथा कार्यसमिति सदस्यहरु नगेन्द्र नेम्वाङ, मिलन तमु, बाचस्पति रेग्मी, बम थापा सूर्यवंशीलगायतको सहभागिता थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!