सिरियामा १७ लडाकू मारिए

SHARE:

बग्दाद, टर्कीको अर्धसैनिक समूहको आक्रमणमा परी सिरियाको एक नगरमा कम्तीमा १७ जना लडाकू मारिएको जनाइएको छ ।

टर्कीसँगको सिरियाको सीमा क्षेत्रमा पर्ने नागुर भन्ने नगरमा सोमबार राति भएको कारबाहीमा परी उनीहरू मारिएको टर्कीस मानवअधिकार अनुगमनकर्ताहरूले जनाएका छन् ।

“ती लडाकूहरू रहेको ठाउँलाई लक्षितगरी आक्रमण भएको थियो, आक्रमणमा परी कम्तीमा १७ जना मारिएका छन् भने अरू १२ जना घाइते भएका छन्,” एकजना इराकी अधिकारीले बताएका छन् ।

सिरियामा गएको केही समयदेखि आतङ्ककारीविरुद्धको कारबाहीलाई निकै कडा बनाइएपछि उनीहरु छिमेकी देशहरुतर्फ लाग्ने गरेका छन् ।

यही मौका छोपेर इराक, इरान र टर्कीतर्फबाट उनीहरुमाथि कारबाही गर्ने गरिएको अधिकारवादीहरुले जानकारी दिएको बताइएको छ ।

सिरियामा गएको छ वर्षभन्दा लामो समयदेखि जारी हिंसाका क्रममा परी ४ लाखभन्दा बढी नागरिकको ज्यान गएको बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!