चीनमा भूकम्प चारको मृत्यु, ४० भन्दा बढी घाइते

SHARE:

एजेन्सी जुन २ ।

चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा बुधबार दिउँसो गएको ६।१ म्याग्नीच्युडको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ । यस भूकम्पमा परी अन्य ४० भन्दा बढी घाइते भएका छन् ।

बिहीबार बिहान ९ बजेसम्म बाओक्सिङ काउन्टीमा ३४ र लुसान काउन्टीमा ११ जना घाइते भएका एक पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । तीमध्ये एकको अवस्था गम्भीर छ । गम्भीर घाइते भएका दुईजनाको अवस्था अहिले स्थिर छ । अन्य ३८ जना सामान्य घाइते भएका छन् भने तत्काल कुनै खतरा छैन ।

भूकम्पबाट याआनमा १३ हजार ८१ जना प्रभावित भएका छन् । उक्त भूकम्पको केन्द्रबिन्दु १७ किलोमिटर गहिराईमा ३०।४ डिग्री उत्तर अक्षांश र १०२।९ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!