नेपालमा बेलायती लगानी बढाउने बारे राजदूत आचार्य र एक बेलायती मन्त्रीबीच छलफल

SHARE:

लण्डन जुन २ ।

नेपालमा बेलायती लगानी बढाउने विषयमा बेलायतका लागि नेपाली राजदूत र एक बेलायती मन्त्रीबीच छलफल भएको छ ।

बुधबार लण्डन स्थित नेपाली दूतावासमा राजदूत ज्ञानचन्द्र आचार्य र दक्षिण एसिया, उत्तर अफ्रिका, संयुक्त राष्ट्रसंघ तथा कमनवेल्थ मन्त्री लर्ड अहमदबीच भेटवार्ता भएको हो । दूतवासले राजदूत आचार्य र मन्त्री अहमदबीच नेपाल-बेलायत द्वीपक्षीय सम्बन्धका समग्र विषयमा छलफल भएको जनाएको छ ।
उक्त अवसरमा नेपालमा बेलायती लगानी बिस्तार गर्नेबारे पनि महत्वका साथ छलफल भएको जनाइएको छ ।

राजदूत र मन्त्रीबीचको भेटवार्तामा दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, सेकेन्ड सेक्रेटरी रामबाबु नेपालसहित बेलायती विदेश मन्त्रालयका अधिकारीहरुसमेतको सहभागिता थियो । नेपाली राजदूतसंगको भेटपछि बेलायती मन्त्री अहमदले लगानी तथा व्यापार र ‘क्लिन इनर्जी’ लाई थप प्रोत्साहित गर्ने दुई देशको साझा अठोटबारे आफूहरुबीच छलफल भएको बताएका छन् ।

बेलायत र नेपालबीच रहंदै आएको ऐतिहासिक सम्बन्ध अहिले झन् बलियो बन्दै गएको उनले उल्लेख गरेका छन् । यसअघि गत महिना मात्रै मन्त्री लर्ड अहमदको पूर्व निर्धारित नेपाल भ्रमण स्थगित भएको थियो । मन्त्री अहमदलाई कोभिड भएपछि उनको गत १९ मेमा तय नेपाल भ्रमण स्थगित भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!