
नेपाल आदिवासी जनजाति महासंघ नेपालका महासचिव दिवस राई र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसंग वेलायतवासी नेपालीहरुले भेटघाट तथा अन्तरकृया गरेका छन । सुक्रवार साउथ ह्यारो स्थीत गोल्डेनसीप रेष्टुराको सभाकक्षमा आयोजित सो कार्यक्रमको आयोजना नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) युके नेपाल आदिवासी जनजाती महिला महासंघ युके र नेपाल जनजाती पत्रकार महासंघ युकेले संयुक्त रुपमा गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथी रहेका दिवस राई किरात राई यायोख्खा नेपालका अध्यक्ष समेत रहेका छन ।उनी किरात राई यायोख्खा वेलायतले आयोजना गरेको साकेला मनाउन वेलायत आइपुगेका हुन । अन्तरकृयामा वोल्दै वहाले आदिवासी जनजातीहरुको अन्दोलन अव आन्दोलन मात्र नरहेर प्राप्तीको आन्दोलन हुनुपर्ने जीकीर गर्दै राष्ट्रको हरेक क्षेत्र तथा निकायमा जे जति अवसरहरु प्राप्त हुन्छ ती अवसरहरुलाई सदुपयोग गर्दै सामुहिक रुपमा आन्दोन अगाडि वढाउन पर्ने वताउनु भयो ।

कार्यक्रममा विषेश अतिथिकोरुपमा वोल्दै डा.महावीर पुनले विश्वका जुनसुकै कुनामा रहेका इनोभेटीव व्यक्तिहरुलाई आविष्कार केन्द्रमा आवद्धहुन आवह्वान गर्नुभयो । वहाले विषेश गरि जनजातीहरु मनोरन्जन, भोज भतेर तिर वढि केन्द्रित भएको गुनासो गर्दै वहाहरुलाई आविष्कार केन्द्र तर्फ ध्यानाकर्षण गराउनु भयो । कार्यक्रममा वहाले हाल संम राष्ट्रिय आविष्कार केन्द्रले गरिरहेको कामहरुको पावरपइन्ट मार्फत प्रस्तुत गर्नभयो । सोही अवसरमा नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष कर्मा पहाडी सेर्पाले महीला महासंघ र जनजाती पत्रकार महासंघसगं सहकार्य गरि चाडैनै राष्ट्रिय आविष्कार केन्द्रलाइ आर्थिक रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाती युवा महासंघ नेपालका अध्यक्ष हेमन्त राईको समेत उपस्थिती रहेको थियो । वहाको उपस्थितीमा वेलायतमा रहेका जनजाति युवाहरुलाई गोलवन्द गरि युवा महासंघको गठन गर्नको लागि पांच सदस्य रहेको तदर्थ समिती गठन गरिएको छ । अमित थेवे संयोजक रहेको सो समितीमा रुद्र थापा, एस के गुरुङ, अभिषेक सुनुवार र हिमानसिङ्ग दुरा सदस्य रहेका छन । कार्यक्रममा द कमाण्डो चलचित्रका अभिनेता राज कुमार राईको समेत उपस्थिति थियो ।
कार्यक्रममा कवी तथा युद्ध साहित्यका अभियन्ता नरेश कांङमाङ राई, जनजाती अभियन्ता, गीतकार तथा सन्देशमुलक गीतका गायक कर्म पहाडी सेर्पा, उच्च सिक्षा हासिल गर्नु भएका सल्लाहकार विश्वासदिप तिगेला र महासंघकी वरिष्ठ उपाध्यक्ष लिला सेलिङ मावो साथै किरात राई यायोख्खा वेलायतका नव निवाचिर्त अध्यक्ष मेजर रिटार्यड योगेश कोयु राईलाई प्रमुख अतिखी वाटा खादा लागाई सम्मान गरियो ।
महासंघका महासचिव विमला सेनेले संचालन गरेको सो कार्यक्रममा सल्लाहकार तथा सस्थापक अध्यक्ष थर्क राना, सल्लाहकार तथा पुर्व अध्यक्षहरु सीरी लिम्वु, तुल छन्त्याल, सल्लाहकारहरु विश्वास दिप तिगेला, नरहाङ राई ,कल्पना राई, सुनिल राना मगर, किरात राई यायोख्खाका अध्यक्ष मेजर योगेश राई, किरात याक्थुङ चुम्लुङ युकेका सल्लाहकार याम आङवोहाङ लागायतले जिज्ञासाहरु राख्नुभएको थियो ।
जनजाति महासंघको अध्यक्ष कर्म पहाडी सेर्पाले अध्यक्षता गरेको सो कार्यक्रमलाई जनजाती पत्रकार महासंघकी अध्यक्ष गोमा रानाले स्वागत मन्तव्य व्याक्त गर्नुभयो भने महिला महासंघकी अध्यक्ष शान्तकला राईले कार्यक्रमको आर्थिक व्यावस्थपन गर्नुभयो ।






