एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा कार्यसमितिप्रति असुन्तुष्टि

SHARE:

एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहाले प्रेस बिज्ञप्ति प्रकाशित गरि उनका कार्यसमितिप्रति असुन्तुष्टि पोखेका छन। जस्तोको त्यस्तै पढ्नु होला।

आदरणीय पत्रकारमित्रहरु नमस्कार ,

गैरआवासीय नेपाली संघ यूकेको बर्तमान कार्यसमितिका पदाधिकारीहरुका अहिलेसम्म गरिएको योगदानबारे अध्यक्षको ( मेरो) अबलोकन तथा त्यस सम्बन्धमा मेरो concern बारे छोटो पत्र लेखेको छु।  यसबारेमा तपाइंको समाचार मध्यम द्वारा बेलायतका सम्पूर्ण पंजीकृत सदस्य समक्ष पुर्याइदिनुहुन हार्दिक अनुरोध गर्दछु। कार्यसमितिलाई पठाएको पत्र यसै इमेलद्वारा हजुर समक्ष पठाएको छु।  धन्यवाद !

यहांहरु सबैलाई अवगत नै छ, एनआरएनए यूकेको २०२१–२३ कार्यसमिति अहिलेसम्मकै सबैभन्दा बढी ७० प्रतिशत जनमत ल्याएर निर्वाचित भएको हो ।

निर्वाचन अघि हामीले गरेका प्रतिवद्धतालाई विश्वास गरेर जनताले हामीलाई जिताउनुभयो । त्यो बेला हाम्रो एकमात्र उद्देश्य समाजका लागि केही योगदान दिने भन्ने थियो ।

तर, विडम्बना आज म यो कार्यसमिति सबैभन्दा निष्क्रिय भएको देख्दा निराश भएको छु । तपाईंहरुले आफ्नो विभाग, समिति उपसमिति ‘होल्ड’ गरेर राख्नुभयो तर काममा सिन्को भांच्नु भएन । एनआरएनए यूकेलाई काम गर्न कसैले अवरोध गरेको छैन् भन्नेमा म विश्वस्त छु ।

अहिले एनआरएनए यूकेले गरेका कार्यक्रममा संयोजक र अध्यक्षमात्र उपस्थित हुने अवस्था आएको छ । म हिजो र आज हुने दुई कार्यक्रमकै उदाहरण दिन्छु । हामीले गत १५ मेमा कार्यसमितिको प्रत्यक्ष बैठक बसेर आज सांझको डा. महावीर पुनसंग स्वागत तथा अन्तरक्रिया कार्यक्रम र भोलि ४ जुन शनिबार अल्डरसस्थित क्वीन्स् एभिन्यूमा हुने नेपालीहरुको सबैभन्दा ठूलो जमघट गोर्खा कपमा एनआरएनए यूकेको हेल्थ क्याम्प राख्ने कार्यक्रम पारित गर्यौं । तर बिडम्बना यी दुवै कार्यक्रममा कोही पनि सहभागी हुने स्थिति देखिएन । गोर्खा कपको हेल्थ क्याम्प अध्यक्ष एक्लैले चलाउनुपर्ने अवस्था सृजना भएको छ ।

पछिल्लो समय कार्यसमितिको यस्तो निष्क्रियता, संघप्रति अनुत्तरदायी भूमिका, नकारात्मक टिप्पणी एवं राज्य परिषदतिर ग्रुपिजमले म निकै बेखुशी भएको छु । त्यस्ता केही इष्यू भए तपाईंहरुले मलाई सिधा भने हुन्थ्यो ।

यहांहरुलाई थाहै छ मेरो पृष्ठभूमि आर्मी भएकाले संघसंस्था कसरी अगाडि बढाउने भन्ने मलाई राम्ररी थाहा छ।अरु कसैको साथ नभए म एक्लैले संस्था हांकेर लैजान सक्छु । म पब्लिकलाई दिएको वाचा अनुसार २४/७ उपलब्ध हुनेछु र काम निरन्तर गरिरहन्छु।

एनआरएनए यूकेमा कसले के योगदान दियो, को सक्रिय थियो आदिबारे करिअर रिपोर्ट लेखिने छ । कार्यसमितिका पदाधिकारी अनि सदस्यहरुले गरेको काम कारवाही सम्बन्धि प्रगतिको अर्धवार्षिक समिक्षा आउंदो ६ अगष्टमा हुन गइरहेको साधारण सभामा र करिअर रिपोर्टको पूर्ण विवरण महाधिवेशनमा पेश हुनेछ ।

कार्यसमितिमा दुई तीन जना पदाधिकारी र एक दुई विभागले आफ्नो तर्फबाट योगदान गरिरहनुभएको छ, म उहांप्रति आभारी छु । तर, जसले केही योगदान गरिरहेको छैन्, पद र जिम्मेवारीमात्र ओगटेर बसेको छ, उसको मूल्यांकन अवश्य गरिनेछ । त्यो मूल्यांकनले आगामी दिनमा तपाईंको चुनाव र समाजमा पर्ने प्रभाव कत्तिको प्रतिकुल हुन्छ म जिम्मेवारी लिन सक्दिन ।

अर्को कुरा यहांहरुलाई अवगत गराउं, अब हुने संघको बैठक एनआरएनए यूके फेसबुक पेजबाट लाइभ गरेर जनतासमक्ष सार्वजनिक गर्छु । त्यसबाट हाम्रो कार्यशैली कस्तो छ ? कामप्रति को कति गम्भीर छ ? आदिबारे मतदाताले छर्लंग देख्नेछन् । त्यहींबाटै ‘दुधको दुध, पानीको पानी’ हुनेछ । अहिले जस्तो पानी माथिको ओभानो बनेर अध्यक्षले सबै गल्ती कमजोरी खेप्नुपर्ने अवस्था रहन्न ।

तपाईंहरुको सबैको भलो होस् । जय एनआरएनए यूके,

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!