गोर्खा कप २०२२ भब्यताको साथ सम्पन्न : तमुधी युके

SHARE:

जमुना पुन – बेलायत।

सनिवार ०४ मे २०२२ – बेलायत। बेलायतको अल्डर्सटस्थित कुईन्स इभिन्यूमा तमुधी युकेले आयोजना गरेको गोर्खा कप २०२२ भब्य रुपले सम्पन्न भएको छ। यस बर्ष गोर्खा कपमा मुख्य टिम ३२, र भेट्रान टिम ८, र २ टिम महिला गरेर जम्मा ४२ टिमले सहभागिता जनाएका थिए । गोर्खा कपमा महिलाहरुले भाग लिएको यो पहिलो पटक हो। यसै बर्ष बेलायतको अस्टन भिल्ला महिला फूटबल खेलाडी अस्मिता आलेले सहभागिता जनाएकी थिइन् ।

गोर्खा कपका प्रमुख संयोजन क्याप्टेन देब घलेको जानकारी दिए अनुसार यस बर्ष मुख्य टिमतर्फ केन्ट FC ले उत्कृष्ट खेल प्रदर्शन गरेर विनर बन्न सफल बनेका छन भने राङभाङ समाज युके रनर अप बन्न सफल भएका छन। त्यस्तै भेट्रान टिमतर्फ ब्रिगेड बोईज कलब (BBC) ले उत्कृष्ट खेल प्रदर्शन गरेर विनर बनेका छन भने इलाम FC ले रनर अप माचित्त बुझाउन परेको छ। महिलातर्फ मनोक्रान्ति टिम युके उत्कृष्ट खेल प्रदर्शन गर्दै विनर बन्न सफल भएको छ भने “म खेल्छु लेडिस FC” ले रनर अपमा चित्त बुझाएका छन।

यस बर्ष मुख्य टिमतर्फ मेन अफ द म्याच तथा सर्बोउत्कृष्ट खेलाडी FC केन्टका इभान गुरुङ घोषित भएका छन भने त्यस्तै भेट्रानतर्फ मेन अफ द म्याच तथा सर्बोउत्कृष्ट खेलाडी मिलन राई घोषित भएका छन। मुख्य टिमतर्फ सर्बोउत्कृष्ट म्यानेजर प्रेम गुरुङ घोषित भएका छन भने भेट्रानतर्फका सर्बोउत्कृष्ट म्यानेजर खुम गुरुङ घोषित भएका छन।

यस बर्ष मुख्य टिमतर्फको ठेलोमा सर्बशक्तिमान शक्ति देखाउदै निरज गुरुङ विनर तथा पहलमान बनेका छन भने मान बहादुर गुरुङ रनर अप तथा दोस्रो पहलमान बन्न सफल भएका छन। त्यस्तै भेट्रानतर्फको विनर श्याम गुरुङ बनेका छन भने रनर अप आश बहादुर गुरुङ बनेका छन। महिलातर्फको फुटबल खेलमा सर्बोउत्कृष्ट खेलाडी काजाले हात पारेकी छिन । गोर्खा कपका विनर, रनर उप, मेन अफ द म्याच तथा सर्बोउत्कृष्ट खेलाडी, बेस्ट म्यानेजरलगायत टिममा सहभागी खेलाडीहरुले नगद, ट्रफी र प्रमाणपत्रद्वारा सम्मानित भएका छन।

गोर्खा कपमा प्यारासुट जम, सांकृतिक कार्यक्रम, खानपिन, तमु भेषभुषा तथा सामाग्री, रोजगार, सवास्थकर्मी, सुरक्षाकर्मी, मोर्गेज सल्लाह, च्यारिटी, जनचेतनालगायत बिभिन्न स्टलहरु रहने ब्यबस्था गरिएको थियो । सांस्कृतिक कार्यक्रम सयपत्री ग्रुपले प्रश्तुत गरेका थिए भने गायिका एलिना गुरुङको आफ्नो प्रस्तुति प्रश्तुत गरेकी थिइन् । गोर्खा कपमा धौलागिरि नौमती बाजाको बिशेष भूमिका रहेको थियो।

प्रमुख अतिथि, रसमुरबोरो काउन्सिलका मेयर जोन मार्श बिशेष अतिथिहरुमा नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनाल, मिलिटरी अत्याची रत्न बहादुर गोदार, ले कर्नेल टोल खाम्चा, ले कर्नेल देबिंद्र आले, अस्तन भिल्ला महिला फुटबल खेलाडी अस्मिता आलेलगायत बेलायतमा स्थापित बिभिन्न संघ संगठनका अध्यक्षहरु तथा उनका प्रतिनिधिहरुलगायत दुतावासका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

तमुधी युकेका अध्यक्ष हितकाजी गुरुङले अध्यक्षता गरेको कार्यक्रमलाइ संस्थाको महासचिब परशुराम गुरुङले संचालन गरेका थिए भने गोर्खा कपका प्रमुख संयोजन क्याप्टेन देब घलेले स्वागत मन्तब्य दिएका थिए। गोर्खा कपमा तमुधी युकेका संस्थापक अध्यक्ष मिन गुरुङ, पुर्ब अध्यक्षहरु, पदाधिकारीहरु, कार्यसमितिका सदस्यहरु, आमा समुहका अध्यक्ष, पदाधिकारीहरु, कार्यसमितिका सदस्यहरु, बेलायतबासी पत्रकार, नेपाली तथा गैर नेपाली बुद्धिजीवी तथा प्रबुद्धबर्गलगायत पन्ध्र हजार सर्बसाधारण नेपालीहरु तथा गैर नेपालीहरुको उपस्थिति रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!