काठमाडौं जुन ६ ।

सरकारले आइतवार पनि सार्वजनिक बिदा दिने गरेको निर्णय फिर्ता लिएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गर्ने निर्णय गरेको हो । सरकारले यही जेठ १ गतेदेखि शनिवारसँगै आइतवार पनि बिदा दिने निर्णय गरेको थियो । दुई दिन सार्वजनिक बिदा तत्कालका लागि परीक्षणका रुपमा लागू गरिएको थियो । तर, दुई दिन बिदा व्यवहारिक नभएको भन्दै फिर्ता लिनुपर्ने दबाब बढिरहेको थियो ।
यसबिच, आज सर्वोच्च अदालतमा दुई दिन बिदा दिने निर्णय खारेज हुनुपर्ने माग सहित रिट परेको थियो । सरकारको निर्णयसँगै अब असारबाट आइतवार सार्वजनिक बिदा नहुने भएको छ ।






