को हुन् क्याप्टेन राम बहादुर पुन?

SHARE:

लन्डन जून ८, २०२२। क्याप्टेन रिटायर्ड रामबहादुर पुन फोक्सटन नेप्लिज कम्युनिटीको ट्रस्टी हुन् भने मगर संघ युकेको सल्लाहकार, बिधान संयोजक, बाग्लुङ समाज युकेका सल्लाहकार, मगर संघ युके केन्ट शाखाका पुर्बअध्यक्षलगायत धेरै संघ संस्थाहरुमा तथा सामाजिक शेवामा आबद्ध छन।

गत ७ जूनका दिन आठौं आर्म फोर्सेस् कभनेन्ट सम्मेलन बेलायतको फोक्सटनस्थित लिज क्लिफ हलमा भएको थियो । उक्त सम्मेलनमा क्याप्टेन रामबहादुर पुनले आर्म फोर्सेस् कभनेन्ट सर्भिस च्याम्पियन अवार्ड २०२२ बाट सम्मानित भएका छन्। पुनले फोक्सटन नेप्लिज कम्युनिटीको ट्रस्टीको रुपमा रहेर तथा स्वयंसेवक भएर उल्लेखनीय काम गरेको र विभिन्न विभागहरुसँग सम्पर्कमा रही निरन्तर सेवा दिएबापत उनलाई यो अवार्ड प्रदान गरिएको थियो। लोर्ड लेउटिनेन्ट अफ केन्ट, लेडी कोलग्रेनबाट क्या. पुनले उक्त अवार्ड थापेका थिए।

क्याप्टेन पुनको इमान्दारिता, बफादारिता, कर्तव्यनिष्ठता, लगनशीलता र अनुशासन देखेर जोकोहीले प्रशंसा तथा इर्स्या गर्ने गर्दछन। उनको जन्म बाबा हिराबहादुर पुन (१/६ गोर्खा राइफल्स) र आमा नन्दकुमारी पुनको कोखबाट हालको सुनसरी धरानको घोपा क्याम्पमा भएको थियो। उनको स्कुल जीवन सर्भिसेस चिल्ड्रेन स्कुल धरान घोपा क्याम्पबाट शुरु भएको थियो भने प्रबेशिका परिक्षा पब्लिक स्कुल धरानबाट उतिर्ण गरका थिए। क्याप्टेन पुनले महेन्द्र क्याम्पस धरानबाट प्रमाणपत्र उतिर्ण गरेका थिए भने उनले राजनीतिक शास्त्रमा डिप्लोमा अध्ययन गर्नेक्रममा उनि १९८० सालमा बाबाको पाइला पछ्याउदै बृटिश आर्मीको बाबुजी तथा क्लार्कमा आबद्ध भएका थिए।

बृटिश आर्मीको आधारभूत तालिम र क्लार्क तालिम सम्पन्न गरेपछि उनि बाबाको पल्टन ६ गोर्खा राईफल्समा आबद्ध भएका थिए। ६ गोर्खा राईफल्समा रहदा उनिले बिभिन्न ओहदामा रहेर काम गर्ने क्रममा मौका प्राप्त गर्नुको साथै बृटिश गोर्खा नेपाल (बिजीएन) को रिइम्प्लाईमेन्ट वारनट अफिसर, बृटिश फोर्सेस ब्रोडकास्टिङ सर्भिसेस (बिएफबिएस) गोर्खा रेडियोको प्रोग्राम डाइरेक्टर, 2nd Battalion The Royal Gorkha Rifles को असिस्टेन्ट एजुटेनलगायत हेडक्वाटर ब्रिगेड अफ गोर्खासको डेपुटी हेड कलार्कको कार्यभार निपूर्ण तरिकाले निर्भाह गरेका थिए।

क्याप्टेन पुन सन् १९९७ मा कमिशन भएका थिए। उनले बिभिन्न ओहदाहरुमा काम गर्नेक्रममा उनले बेलायती राजदुतावास काठमाण्डौमा स्टाफ अफिसर एडमिनको महत्वपूर्ण जिम्मेवारीहरु सम्हालेका थिए। क्याप्टेन पुनले बृटिश आर्मीबाट सन् २००३ मा अवकाश प्राप्त गरेका थिए। अवकाश प्राप्तपछि उनले फेरि बृटिश गोर्खा काठमाण्डौमा ट्रान्जिट अफिसरको रुपमा सर्भिसमा रहेका गोर्खा सैनिक तथा उनका परिवारहरुलाई शेवा गर्ने मौका मिलेको थियो।

क्याप्टेन राम बहादुर पुनको पुर्ख्यौली घर बाग्लुङ काठेखोला हो, तर उनि बाबाको जागिर सिलशिलामा पक्लिहवा र धरानतिरनै बितेको थियो। हाल उनि श्रीमती पुनम पुन, छोरा सेवन्त पुन, छोरी सदिक्षा पुन रानालगायत नातिहरु सिवांस र शिवेससंग बेलायतको फोक्सटनमा बस्दै आउनु भएको छ। फुर्सदको समयमा उनि संगीतमा रुचि राख्नु तथा समाज शेवा गर्नु रहेको छ भने श्रीमतीलाई प्रेमपुर्बक देश विदेश घुमाउनु उनको रुचिको बिषय बनेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!