प्रधानमन्त्री र मेयर साहबीच भेट, फोहोरको समस्याबारे छलफल

SHARE:

काठमाडौं जुन ९ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

आज बिहीवार बालुवाटारमा उनिहरूबीच भेटवार्ता भएको हो । भेटवार्तामा उहाँहरूबीच फोहोर सम्बन्धी समस्याको समाधान र चलिरहेको अवस्थाबारे छलफल भएको हो । यसअघि गएको जेठ १८ गते पनि उहाँहरूबीच भेट भएको थियो । त्यो भेटवार्तामा देउवाले काठमाडौं महानगरपालिकाको जुनसुकै समस्या समाधानका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताएका थिए ।

अहिले काठमाडौंको फोहोर व्यवस्थापनमा अवरोध हुँदै आएको छ । फोहोर व्यवस्थानमा विभिन्न माग राख्नै बञ्चरेडाँडाका बासिन्दाले अवरोध गर्दै आएका छन् । फोहोर व्यवस्थापनको विषयमा भोलि शुक्रवार स्थानीयवासीसँग छलफल हुने भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!