युक्रेनमा दुई बेलायती नागरिकलाई मृत्युदण्डको सजाय

SHARE:

लण्डन जुन १० ।

युक्रेनमा रुसी आक्रमणविरुद्ध लड्न जाँदा रुसी सेनाद्वारा पक्राउ परेका दुई बेलायती नागरिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

२८ वर्षीय आइडेन अस्लिन र ४८ वर्षीय साउन पिनरलाई युक्रेनबाट अलग्गिएको दाबी गरेको दोन्सत्क पिपल्स रिपब्लिकको अदालतले मृत्युदण्डको सजायँ सुनाएको हो । उनीहरुलाई भाडाको सिँपाहीको आरोप लगाइएको छ । उनीहरुलाई युक्रेनको मारियोपुल इलाकाबाट अप्रिल महिनामा रुसी सेनाले पक्राउ गरेका थिए ।

रुसी सञ्चारसंस्था इन्टरफ्याक्सका अनुसार उनीहरुमाथि सत्ता हत्याउने प्रयास गरेको साथै दोन्सत्कको संवैधानिक संरचना फाल्न खोजेको आरोप लगाइएको छ । स्काइ न्युजका अनुसार अस्लिनले अनुसन्धानमा सहयोग गरेको तथा आत्मसमर्पण समेत गरेको हुनाले न्यायपूर्ण फैसला हुने अपेक्षा गरेको बताएका छन् । उनले यसभन्दा फरक सजायँको अपेक्षा गरेको भन्दै भगवानले समय आएपछि आफ्नो कार्यको मूल्यांकन गर्ने धारणा व्यक्त गरे ।

उनीहरुसँगै एक मोरक्कोका नागरिक साउदुन बाहिमलाई पनि मृत्युदण्ड सुनाइएको छ । समाचार संस्थाहरुका अनुसार उनीहरुलाई अपील गर्न एक महिनाको समय दिइएको छ । युक्रेनमै पक्राउ परेका अर्का बेलायती नागरिक आन्ड्रयू हिलका बारेमा सजायँ सुनाउन बाँकी छ । बेलायतले तथाकथित अदालतको सजायँको आलोचना गरेका छन् । बेलायती नागरिकहरु युद्धबन्दी भएको जिकिर गर्दै बेलायतले उनीहरुलाई मानवीय व्यवहार गरिनुपर्ने माग गरेको छ ।

पिनर पूर्व बेलायती सैनिक हुन् भने अस्लिन पूर्व केयर वर्कर हुन् । उनी सन् २०१८ मा युक्रेन गएका हुन् । उनीसित बेलायत र युक्रेनको नागरिकता रहेको बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!