
०९ जुन २०२२ बेलायत। नेपाल पत्रकार महासंघ युकेले १० औं बार्षिकोत्सब आउदो जुलाई १० का दिन Blue Sports Venue, 220 headstone Lane, Harrow, London, HA2 6LY मा मनाउने भएको छ। संस्थाका महासचिब नरेन्द्र बस्नेतले बार्षिकोत्सबको कार्यक्रम स्थल र समय सम्बन्धि जानकारीसहितको एउटा पोष्टर तयार भएको र यसलाई सबै पत्रकार साथीहरुले शेयर तथा प्रचारप्रसार गरिदिनुहुन अनुरोध गरेका छन । विस्तृत जानकारीको लागि चाडै हाम्रो एउटा बैठकको आयोजना गरिने जानकारी गराउंदै कार्यक्रम सफल पार्न यहाँहरुको साथ्, सहयोग र सल्लाहको अपेक्षा पनि गरेका छन ।






