हुम्लामा आगलागीबाट एक करोड एकासी लाख बढीको क्षति

SHARE:

काठमाडौं जुन ११ ।

दक्षिणी हुम्लाको चंखेली गाउँपालिका– ४ को पिप्लाङ गाउँमा भएको आगलागीबाट एक करोड एकासी लाखभन्दा बढी क्षति भएको छ ।

शनिबार बिहान साढे एक बजे लागेको आगोबाट दुई घर पूर्ण रूपमा जलेको, एक घरमा आंशिक क्षति पुगेको हो । आगलागीमा दुई पशु जलेका थिए । घटनापछि प्रहरीले उठाएको मुचुल्का अनुसार पिप्लाङ आगलागीबाट एक करोड ८१ लाख ७५ हजार रुपौयाँ बराबरको क्षति भएको पुष्टी भएको हो । आगलागीमा दुई घर पूर्ण रूपमा जलेर नष्ट भएको, एक घरमा आंशिक क्षति पुगेको र दुई वटा गोठमा हुलेका पशु जलेर मरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय कर्णबहादुर शाहीको घरबाट सोलारको विद्युत सर्ट भएर आगलागी सुरू भएको र उक्त आगलागीबाट अन्य दुई घरमा पनि सल्किएको थियो । शाहीको पाँच कोठे घर, लत्ताकपडा, भाँडावर्तन, अन्नपातलगाएत घरमा भएको सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने गोरबहादुर शाहीको घरपनि जलेर नष्ट भएको छ । कर्णबहादुर शाहीको २८ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको छ भने जयबहादुर शाहीको एकएक गोरु र खच्चड पनि जेलेर मरेका छन् । जयबहादुर शाहीको घरमा छोराल केही दिन अगाडि विदेशबाट पठाएको ११ लाख नगद, २९ तोला सुन, केही चाँदी पनि जरेर नष्ट भएको पीडित पक्षले प्रहरी मुचुल्कामा उल्लेख गरेका छन् । उनको एक करोड पचास लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी अर्का स्थानीय शेरबहादुर पालको घर आगलागीबाट आंशिक क्षति पुगेको छ । आगालागीबाट पालको तीन लाख बराबरको क्षति भएको छ । आगलागी भएको जानकारी पाउने बित्तिक्कै पिप्लाङमै रहेको प्रहरी चौकीका इन्चार्ज मोहनदत्त भट्टको नेतृत्वमा गएको १२ जना प्रहरी र स्थानीय बासिन्दाको टोलीले बिहान साँढे छ बजे मात्र आगोलाई नियन्त्रणमा लिएको थियो । मध्यराती आगलागी भएको भएपनि मानवीय क्षति भने भएको छैन । आगालागी पीडितहरू घरवारविहीन भएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!